नेपाल आएका बहराइनका राजकुमार किन फसे विवादमा ? यिनले कसरी भित्र्याए यत्रो खोप ?

बहराइनमा राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफा सोमबार नेपाल आइपुगेका छन् । उनी २००० डोज कोरोना भाइरसविरुद्धको खोप लिएर नेपाल आएपछि विवादमा मुछिएका छन् ।

औषधि व्यवस्था विभागले बराइनका राजकुमारलाई भाइरसविरुद्धको खोप ल्याउने अनुमति नदिइएको भए पनि उनले खोप ल्याएपछि चेकजाँच सुरु गरेको जानकारी दिएको छ । विभागका अनुसार खोप ल्याउन पूर्व स्वीकृती आवश्यक पर्छ ।

उता, लण्डनस्थित बहराइनको दूतावासले राजकुमार मोहम्मदलाई औषधि ल्याउने अनुमति दिइएको भएपनि आशंकाका कारण उनीमाथि चेकजाँच सुरु भएको बताएको छ ।

नेपालस्थित बहराइको दूताबासका अनुसार राजकुमार मोहम्मदले ल्याएको उक्त खोप गोरखा जिल्लाको चुमनुरबी गाउँमा वितरण गरिनेछ ।

राजकुमार मोहम्मदको भ्रमण व्यवस्थापक सेभेन समिट्स ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईँले नेपाली सञ्चारमाध्यमलाई उक्त टोली सात दिनको क्वारेन्टिन बसाइपछि गोरखा जाने र त्यहाँ खोप वितरण गरेपछि सगरमाथा आरोहणका लागि जाने योजना रहेको थियो ।

कसरी भित्रियो खोप ?

नेपालमा २००० डोज कोरोनाको खोप विनाअनुमति राजकुमार मोहम्मदले कसरी भित्र्याए भन्ने विषयलाई लिएर छलफल सुरु भएको विभागले जानकारी दिएको छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भने, “हामीलाई बहराइनका राजकुमार २००० डोज कोरोना खोप लिएर आएका छन् भन्ने जानकारी आएको छ । यसको विषयमा हामीले छलफल सुरु गरेका छौँ ।”

विभागका प्रवक्ता केसीका अनुसार नेपालमा कुनै पनि औषधि ल्याउनका सरकारको अनुमति लिन जरुरी छ । सरकारलाई औषधि सही तरिकाले भण्डारण भएको समेत जानकारी दिन आवश्यक हुन्छ ।

नेपालमा माघ २६ गतेदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । प्राथमिकताका आधारमा खोप लगाउने कार्यक्रम अन्तरगत हाल ६५ वर्ष उमेरसमूह माथिका व्यक्तिहरुले खोप लगाइरहेका छन् ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…