ड्राइभिङ लाइसेन्सको परीक्षा पास गर्न १७ वर्षदेखि कोशिस, १९२ पटक फेल

सवारी चालक लाइसेन्स लिन एकजना व्यक्ति १७ वर्षदेखि कोशिसमा छन् भनेको सुन्दा पत्याउन गा¥हो पर्छ । त्यसो त हामीकहाँ लाइसेन्समा फेल भएर पनि सवारी गुडाउने पनि कम्ती छैनन् ।तर यी युवकको कोशिस भने अचम्मकै छ ।

सवारी साधन चलाउनका लागि अनिवार्यरुपमा लाइसेन्स चाहिन्छ । लाइसेन्स लिने नियम हरेक देशमा फरक फरक छन् । कतै लिखित परीक्षापछि सवारी चलाउने व्यवहारिक परीक्षा दिएर यो लाइसेन्स पाइन्छ भने कतिपय देशमा चलाउन सक्ने भएपनि यो पाइने गर्दछ ।तर केही यस्ता देशपनि छन् जहाँ अभ्यास परीक्षा आफैले पास गर्नुपर्छ । अनिमात्रै लाइसेन्स पाइने गर्दछ ।

पोल्याण्डका यी युवाका लागि भने यो लाइसेन्स पाउन त्यति सहज बनेको छैन । एउटा रिपोर्ट अनुसार, यी युवक अहिलेसम्म १९२ पटक लाइसेन्सको परीक्षामा फेल भएका छन् ।अहिले उनी ५० वर्ष पुगे । लाइसेन्स परीक्षामा सर्वाधिक फेल हुने रेकर्ड उनले कायम गरेका छन् । उनी विगत १७ वर्षदेखि लाइसेन्सका लागि प्रयासरत छन् ।

पोल्याण्डमा चालक लाइसेन्स लिन शुरुमा नेपालजस्तै लिखित परीक्षा पास गर्नुपर्छ । त्यसपछि मात्रै गाडी चलाउने परीक्षा हुन्छ । त्यहाँ जाँच दिन भने कुनै सीमा छैन । यो सैद्धान्तिक परीक्षामा ५०, ६० प्रतिशत मात्रै पास हुने गर्दछन् ।

प्रेक्टिकलमा भने ४० प्रतिशत पास हुने बताइन्छ । ती व्यक्तिको समस्या के भयो भने उनले कार त राम्रोसँग चलाउन जानेका छन्, तर उनी सैद्धान्तिक परीक्षामा भने अहिलेसम्म पास हुन सकेका छैनन् । त्यसमा पास नभई उनले प्रयोगात्मक परीक्षा दिन पाउने कुरै भएन ।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…