‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मुले पोखिन् आक्रोश

माइत वा ससुराली जानु कुनै नयाँ कुरा होइन । तर कुन साधनको प्रयोग गरेर दुलही फर्काउन दुलाहा ससुराली जान्छन् भन्ने महत्वपूर्ण कुरा हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालैमात्र पत्नी जाङ्मु इन शेर्पासँग ससुराली घर जादा सामाजिक सञ्जालमा आलोचनाको पात्र बने । उनले हेलिकप्टरमार्फत श्रीमति र परिवारलाई ससुराली लगेका थिए ।

शेरधन पत्नी जाङ्मु आफैंले माइती गाउँ गएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । तस्वीर सार्वजनिक भएपछि केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोपसमेत लगाएका थिए ।

त्यो आरोपको प्रतिउत्तर दिँदै मुख्यमन्त्री पत्नी जाङ्मुले फेसबुकमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी छन् ।

‘यो त अति नै भो ! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने ! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो।

मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन?’ उनले लेखेकी छन् । केही महिना अघि मात्र मोडल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह भएको थियो ।

 

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…