ओली प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीको प्रवृत्तिको विरूद्धमा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

दुई दिने कार्यकर्ता भेलाको समापनमा बोल्दै वरिष्ठ नेता नेपालले ओली प्रवृत्तिसँग नडराउन र नझुक्न समेत निर्देशन दिए।

‘पार्टीमा धेरै भ्रम सिर्जना गरिएको छ। कार्यकर्ता लडाउन भिडाउने काम हुनसक्छ त्यसैले तपाईँहरू सबै हिसाबले तयार रहनूहोला,’ उनले भने, ‘आन्दोलनमा लागेका नेताहरू जो कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध हुनुहुन्छ ती नेताहरू आज एकताको पक्षमा छन्। केपी ओलिको गलत प्रवृत्तिविरुद्ध हामी सबै साथमा छौं भनेर समेत साथीहरुले भन्नुभएको छ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग गुटको मानसिकता रहेको दोहोर्‍याए।

‘उहाँमा वैचारिक विचलन र संगठन ध्वस्त गर्ने र आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामीमाझ वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ,’ उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्युरोमा हामी ओली भन्दा बहुमतमा छौं। केन्द्रीय कमिटीमा पनि हामी बहुमतमै पुग्छौ होला केही तलमाथि होला। उहाँसित कमिटीको सामना गर्ने आँट नै छैन।’

आफूहरू कमजोर नरहेको भन्दै उनले हामीले ओलीसामू नवौं महाधिवेशनको दस्तावेजमा आउन शर्त मात्रै राखेको बताए।

२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्थामा ओलीले के-के गरेको कामको समिक्षा गरेर अगाडि बढ्ने उनको भनाई छ।

‘एकता गर्दा मनपरी मानिस नियुक्त गर्नुभयो। प्रधानमन्त्री भएको दिनदेखि उहाँले राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गर्नुभयो। एकल रूपमा शासन गर्ने काम भयो,’ उनले भने, ‘ओलीले आफ्नो निवासमा धाउने अवस्था ल्याउनुभयो। मन फुकाएर म कहिले गएको होइन। केपी ओलीलाई दुनियाँ घुम्न हुने तर बालुवाटार भन्दा बाहिर गएर पार्टीको बैठक कार्यक्रममा सहभागी हुन नखोज्ने प्रवृत्ति देखियो।’

नेपालले आफ्नो पक्षले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने र फागुन २८ को निर्णय फिर्ता हुनुपर्ने बटमलाइन प्रस्तुत गरे। उनले फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरूको भेला गरी थप गरिएका केन्द्रीय सदस्य र फेरिएका इन्चार्ज मान्न तयार नभएको उनले स्पष्ट पारे।

उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै काम गरिएकोसमेत दाबी गरे।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…