रुकुममा उत्पादित सिस्नु ‘पाउडर’ को माग बढ्दो, स्वास्थ्यका लागि फाइदै फाइदा

रुकुम पश्चिम । स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नुको धुलो (पाउडर) को बजार माग बढेको छ । रुकुम पश्चिममा गएको वर्षदेखि सञ्चालित हिमालय सिस्नु पाउडर उद्योगले सिस्नुको धुलो उत्पादन गरेसँगै बजारमा माग बढेको हो ।

काँडे सिस्नुबाट मिसावटविना प्रशोधन गरी तयार गरिएको सिस्नोको पाउडर अहिले सबैको रोजाइमा पर्न थालेको छ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नु पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ ।

यसको नियमित सेवनले मधुमेह, मुटुरोग, क्यान्सरजस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने सहयोग गर्छ यसमा प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाइन्छ ।

जङ्गल र घर–आँगनमा खेर गइरहेको सिस्नुलाई सङ्कलन गरी पाउडरको रुपमा उत्पादन गर्न थालेपछि स्थानीय तथा जिल्लाबाहिर यसको माग बढेको उद्योगका सञ्चालक सुन्दर शर्माले बताउनुभयो ।

काठमाण्डौ, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेतलगायतका जिल्लाबाट माग भएको उहाँको भनाइ छ । सिस्नु पाउडर अहिले प्रति–केजी ६ सय रुपैयाँका दरले बिक्री भइरहेको उहाँले बताउनुभयो ।

हिमालय सिस्नु पाउडर उद्योगले रुकुम पश्चिमका साँख, स्याँलापाखा, भलाक्चा, चुन, चौखाबाङ्गलगायत गाउँबाट प्राकृतिक काँडे सिस्नु सङ्कलन गर्दै आएको छ । सङ्कलन गरिएको सिस्नुलाई धुलो बनाउनुअघि सफा पानीले धोएर आल्मुनियमको जालीमा सुकाइ सकेपछि प्रविधिको सहायतामा सिस्नु पाउडर उत्पादन गरी बजारमा पठाउने गरिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…