ओलीविरुद्ध १० दिनभित्र अविश्वास प्रस्ताव दर्ता हुन्छ : शशांक कोइराला

५ चैत, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने ‘अब हप्ता १० दिनमा अविश्वास प्रस्ताव आउँछ ।’

कोइरालाले अब माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसले सरकार बनाउनुपर्ने उनले बताए । ‘हामीले सरकारको नेतत्व गर्नुपर्छ, माओवादी, हामी र जसपा मिलेर जानुपर्ने हो । बहुमत आइहाल्छ’ उनले भने ।

जनता समाजवादी पार्टी र एमालेभित्रै विवाद रहेकाले कांग्रेस अविश्वास प्रस्ताव दर्ताका लागि पर्ख र हेरको अवस्थामा रहेको महामन्त्री कोइरालाको भनाइ छ ।

कोइरालाले ओली सरकारलाई भने कुनै हालतमा साथ दिन नसकिने प्रष्ट्याए । ‘ओली सरकारमा गएर उहाँहरुको दोष हामीले किन बोक्ने ?’ कोइरालाले भने ।

प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको छ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको बताएका छन्।

बिहीबार दाङको तुलसीपुरमा प्रजातन्त्रका सेनानी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य लोकमणि गिरीको १३ औं दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले दुई दिन अगाडि मात्रै शितल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति भवनमा ठाडै संसद चलेन भनेको कुरालाई राष्ट्रपतिले सपोर्ट गर्नुलाई षडयन्त्रको संज्ञा दिए।

‘संसदमा आफू उपस्थित नै नभएर बिजनेस नै नदिएर यसो देखिएर सदन सुरू हुनु भन्दा अगाडि नै निस्कँदै हिँड्दै गर्ने अनि उसैले संसद चल्न सकेन भनेर भन्ने?,’ पौडेलले प्रश्न गरे, ‘अब फेरि जनादेशमै जानु पर्छ भनेर प्रधानमन्त्रीले भन्ने र जनादेश त राम्रै प्रजातान्त्रिक अभ्यास हो नि भनेर राष्ट्रपतिले थपथाप गर्दै सही थाप्न मिल्छ ? यो षडयन्त्र हो।’

प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको भन्दै उनले विघटनबाट सदन बचे पनि अब विकृतिबाट सदन जोगाउन जरूरी रहेको बताए।

सत्ताभन्दा व्यवस्था ठूलो भएको भन्दै उनले अहिले व्यवस्था बचाउनु ठूलो सवाल भएको बताए।

‘व्यवस्था रह्यो भने सत्ता त आइरहन्छ। खेत रह्यो भने बाली त अर्को साल पनि आउँछ,’ उनले भने ‘ खेतै गयो भने बाली कहाँबाट आउँछ ? त्यसैले यो व्यवस्था बच्नुपर्छ।’

उनले पार्टीकै साथीहरूले किन विवाद गर्ने, किन बाहिर बोल्ने भन्ने ढंगले कुरा गर्नु उचित नभएको धारणा राखे।

‘बसेर बोल्दा कसैले सुन्दैन, उठेर बोल्दा हावाले लान्छ भने जस्तै छ,’ उनले प्रश्न गरे, ‘कार्यसमितिमा बोल्दा सुन्या नसुनेझैं गर्ने, बुढानिलकण्ठमै गएर बोल्दा वास्ता नगर्ने भएपछि तपाईंकहाँ आएर नबोलेर कहाँ बोल्ने ?’

उनले आँखा चिम्लेर व्यक्ति पूजा नगर्न पनि आग्रह गरे।

‘व्यक्ति पूजा लोकतन्त्र हैन,’ उनले भने ‘लोकतन्त्रमा कोही व्यक्ति सर्वेसर्वा हुन्न,’ उनले भने, ‘लोकतन्त्रभित्र बराबरको बीचमा पहिलो दोस्रो मात्रै हुन्छ, तर कोही सर्वेसर्वा हुँदैन।’

कम्युनिष्टहरूले आत्मालोचना गर्दै गल्ती दोहोर्‍याउने गरेको र कांग्रेसले गल्ती गरेपछि ढाकछोप गर्दै फेरि गल्ती गर्ने गरेको हुँदा ढाकछोपबाट पार्टी बलियो नहुने उनले बताए।

नेपाली समाजलाई लोकतान्त्रीकरण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको भन्दै उनले त्यसका लागि सबभन्दा पहिले नेपाली कांग्रेस आफैंभित्र लोकतान्त्रीकरण हुन जरूरी रहेको धारणा राखे। पौडेलले भने, ‘लोकतान्त्रिक काँग्रेस बनाऊँ यो अलोकतान्त्रिक कांग्रेसले लोकतन्त्रको रक्षा गर्दैन।’

आज देशलाई लोकतान्त्रिक कांग्रेस चाहिएको उनले दाबी गरे।नेपाली कांग्रेस अन्यौलमा रहेकोले नेपालको राजनीति अन्यौलतिर गएको उनले बताए।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…