कांग्रेसले सरकारको जिम्मा लिएर चुनाव गराउनुपर्छ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् । नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो ।

स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पंगु बनाउनु भएको उनको भनाइ छ । ‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ थापाले भने ।

सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनले दावी गरे । ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भने ।

कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने थापाको भनाइ थियो । ‘चुनावमा गएर जनतालाई भन्नुपर्‍यो । संविधान बनाऊ भन्नुभयो, बनायौं । नेकपाले सरकार चलाउन सकेन र अब कांग्रेसले चलाउँछ,’ थापाले भने, ‘नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन ।’

केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उनको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भने, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा जान्छौं । हिजो के ग¥यौं हेर्ने होइन, सच्चिएर जाने हो ।’

हिजो बहुमत ल्याएको नेकपाले सरकार र पार्टी जोगाउन नसकेको अवस्थामा अबको बहुमत जोगाएर कांग्रेसले सरकार चलाउने थापाले बताए ।

आउँदो चुनामा कांग्रेस कुनै पनि पार्टीसँग मिलेर चुनावमा नजाने थापाको दाबी थियो । ‘कांग्रेस कुनै पार्टीसँग मिल्दैन, कांग्रेस आफ्नो तागत, विचार लिएर जनतामा जान्छ,’ थापाले भने, ‘केपी ओलीबाट निराश जनतालाई भरोसा दिलाएर जनतामा जाने हो । हामी आफैंले बहुमतको स्थिति बनाउने हो ।’

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…