एकपटक पूरा चार्ज गरेपछि १६ घण्टा टिक्ने ‘ओपो–एफ१९ प्रो’, मूल्य कति?

स्मार्टफोन उपकरण कम्पनी ओपोले नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो ‘एफ–१९प्रो’ भर्खरै बजारमा ल्याएको छ।

यसमा अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नयाँ प्रविधि समावेश गरिएको कम्पनीले बताएको छ। फोनमा ६.४ इञ्चको डिस्प्ले दिएको छ।

एफ१९ प्रोमा ४८ एमपी मुख्य क्यामरा सहित चार क्यामरा दिइएको छ। जसमा ८ एमपी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपी मोनो लेन्स छ।

३२ एमपीको सेल्फी क्यामरा दिइएको छ।

फोनको ब्याट्री क्षमता ४ हजार ३ सय १० एमएएच ब्याट्री दिइएको छ। चार्ज सकिहाले ३० वाटको भोक फ्ल्यास चार्ज दिइएको छ जसको सहायताले फोन छिटै चार्ज गर्न सकिन्छ।

५ मिनेट चार्ज गरेपछि साढे दुई घण्टासम्म युट्युव चलाउन सकिने कम्पनीले बताएको छ। एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि ढुक्क भई १६ घण्टासम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।

यो फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई रंगमा उपलब्ध छ। फोन ग्राहकले ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजमा किन्न पाउँछन्। फोनको मूल्य ४४ हजार ९ सय ९० छ।

कम्पनीले फोनसँगै ब्याण्ड स्टाइल पनि बजारमा ल्याएको छ। जसको मूल्य ५ हजार ५ सय ९९ छ। ओपो ब्याण्ड स्टाइल मार्च २३ देखि उपलब्ध हुने कम्पनीले बताएको छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…