जितियो भनेर रिल्याक्स गर्दै बसेको बेला सर्वोच्चले टाउकोमा ड्याम्मै हान्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको अर्को फैसलाले टाउकोमा ड्याम्मै हानेको टिप्पणी गरेका छन् । आज सिन्धुलीमा नेता तथा कार्यकर्ताहरुसँग संक्षिप्त कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओली छट्पट्राई रहेको बेला, हामी त ठूलो लडाई जितियो भनेझै गरि रिल्याक्स गरेको बेलामा फेरि सर्वोच्चले पार्टी फुटाई दिएर हामीलाई फेरि टाउकामा ड्याम्म हानेको जस्तो भाछ ।’ उनले आफूहरु राजनीतिक लडाईमा रहेको सुनाए ।

प्रचण्डले माधव नेपाल र आफूहरू मिल्दा तत्कालीन नेकपामा दुई तिहाई बहुमतले केपी ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइएको तथा प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका फैसलाले अप्ठेरो अवस्था बनाइदिएको बताए । उनले आफूलाई भन्दा पनि माधव नेपाल, झलनाथ खनालहरूलाई समस्या भएको बताए ।

प्रचण्डले भने, ‘हामीले त केपीलाई साधारण सदस्यबाट पनि हटाएको । प्रतिक्रान्तिकारी, प्रतिगामी भनेर गाली पनि गरियो, अझ मैले भन्दा माधवजीले बढी नै गर्नुभयो । फेरि एमाले बनाएपछि उहाँहरूलाई अप्ठेरो छ । केपीले अब माधवहरू आउँदैनन् भन्ने सोचेका रहेछन् । अब त्यहाँ झमेला त शुरू भयो । माधवजीहरू बाध्य भएर अलग्गै भेला गर्दै हुनुहुन्छ र एकताकै निम्ति अघि बढ्नुहुन्छ ।

अध्यक्ष प्रचण्डले चाँडै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने र सर्वोच्चको फैसलाविरुद्ध एक/दुई दिनमै पुनरावलोकनमा जाने समेत बताए ।

एमाले संसदीय दलको बैठकः खनाल र नेपाल पनि संसदीय बोर्डमा

बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि संसदीय बोर्डमा राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी नभएको खनाल र नेपाललाई पनि बोर्डमा राख्ने निर्णय गरेको हो ।

बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…