हरेक वर्ष चार लाख युवालाई रोजगारी दिइन्छ: अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ५४ औँ स्थापना दिवसका अवसरमा बिहीबार उहाँले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तंग्रिदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ ।’ मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उहाँले औँल्याउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आउँदा दिनमा हामी संघसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छौँ ।’

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई संघले संशोधन गर्न जरुरी भएको गुनासो गर्नुभयो । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, `हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्यानमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छौँ ।’

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राख्नुभयो । सङ्घको स्थापना विसं २०२३ साल चैत ४ गते भएको थियो । कार्यक्रममा आफ्नो स्थापना कालदेखिनै संघले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउदै आइरहेको बताइयो ।

यसैगरी संघले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्रकलामा पारंगत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मानपत्रसमेत प्रदान गर्यो ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…