बहराइनका राजकुमार टोलीले नुमतिबिना ल्याइएको ‘कोरोनाको खोप’ छानबिन हुँदै

काठमाडौँ । औषधि व्यवस्था विभागले अनुमतिबिना बहराइनबाट ल्याइएको कोरोनाविरुद्ध खोपको छानबिन थालेको छ।

सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ सदस्यीय टोलीले सोमबार नेपाल आउँदा २ हजार डोज खोप ल्याएको छ। नेपालमा कुनै पनि औषधि तथा खोप विभागको स्वीकृतिबिना ल्याउन पाइँदैन। नेपाल ल्याएपछि पनि प्रयोग गर्नुअघि परीक्षण गर्नुपर्ने हुन्छ।

विभागका महानिर्देशक भरत भट्टराईले अध्ययन गर्न टोली बनाएको र टोलीले प्रतिवेदन दिएपछि सबै तथ्य थाहा हुने बताए। उक्त खोप विभागको निगरानीमा रहेको उनले बताए । खोप विभागको भण्डारणमा राखिएको छ। ‘यसको प्रयोग कसरी गर्ने भन्ने मन्त्रालयले नै निर्णय गर्नेछ,’ उनले भने।

विभागले नेपालमा अक्सफोर्ड–अस्ट्राजेनेका र चीनको सिनोफार्मले उत्पादन गरेको खोप मात्रै आपत्कालीन प्रयोगका लागि मात्रै विभागले अनुमति दिएको छ। चिनियाँ खोप खरिद गर्ने गरी विभागले अनुमति दिएको छैन। बहराइनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भने अक्सफोर्ड–अक्स्ट्राजेनेकाले नै उत्पादन गरेको दुई हजार डोज खोप नेपाल पठाएको उल्लेख छ। बहराइनबाट ल्याइएको खोपको जानकारी परराष्ट्र मन्त्रालयलाई गराए पनि स्वास्थ्य मन्त्रालय र विभागलाई नहुँदा समस्या उत्पन्न भएको हो।

 

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…