महिला भएर होइन, तीव्र प्रतिस्पर्धा गरेर डेपुटी गर्भनर बनेकी हुँ : नीलम ढुंगाना

काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना तीव्र प्रतिस्पर्धाका बीच आफू उक्त पदमा पुग्न सफल भएको बताएकी छिन् ।

कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमानलाई सम्मान सत्रमा निलमले राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पुगेपछि मात्रै केही हुन्छु भन्ने विश्वास लागेको बताइन् । मेहनतले नै आफूलाई उक्त पदसम्म पुर्‍याएको उनले बताइन् ।

उनले भनिन्, ‘रातभरि पढेर भए पनि पीएचडी गरेँ । पहिले डेपुटी गर्भनर हुन्छु भन्ने विश्वास थिएन । पछि कार्यकारीमा पुगेपछि केही हुन्छ भन्ने लाग्यो । आफ्नो मेहनत र इमान्दारिताका कारण नियुक्ति भयो भन्ने लागेको छ ।’ उनले अगाडि भनिन्, ‘महिलाका लागि डेपुटी गर्भनरको लागि आरक्षण त छैन पक्कै पनि । भीषण प्रतिस्पर्धा नै गर्नुपर्ने हुन्छ । म वरिष्ठतमको नम्बरमा ३ नम्बरमा थिएँ । सम्पूर्ण तहमा लिखित पास गरेको मान्छे । पीएचडी गरेको मान्छे । एक प्रकारको प्रुभ भइसकेको थियो बैँकमा । प्रतिस्पर्धामा खत्रो उत्रेर नै भएको ।’

खुट्टा तान्ने र इर्ष्या गर्ने मानिसहरु हुने भए पनि आफैलाई प्रमाणित र विश्वास गर्नुपर्ने डेपुटी गर्भनर निलम बताउँछिन् । उनले भनिन्, सबै महिलाले प्रुभ गर्नुपर्छ अनि विश्वास गर्नुपर्छ । खुट्टा तान्ने इष्र्या गर्ने सहयोग गर्ने हरेक क्षेत्रमा छ । त्यस्तो समस्या खासै भोग्नुपरेन ।

अहिले बैंकिङ क्षेत्रमा २० प्रतिशत महिला रहेको उनले बताइन् । उनले भनिन्, ‘अहिले २० प्रतिशत महिला छन् पहिला संख्या थोरै थियो बैंकमा । केही बैंकमा मुख्य तहमा महिला छन् । शाखाहरु महिलाले नै चलाएका पनि छन् । कोर्पोरेट सेक्टरमा महिलाको उपस्थितिमा बाक्लै छ । तर नेतृत्वमा कम नै देखिएको तर बढिरहेको नै छ ।’

बैंकिङ क्षेत्रमा आरक्षण दिएर भए पनि दलित, जनजाति र सीमान्त समुदायका महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘दलित महिला जनजाति महिलाले पनि खुलामा पनि नाम निकालेको अवस्था छ । महिलाहरु योग्य नै छन् । आरक्षण हुँदा संख्या बढ्न सक्छ ।’

त्यस्तै युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले बजारमा प्रतिस्पर्धा भए पनि आफैसँग प्रतिस्पर्धा गरेर महिलाहरु अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘अरुलाई तान्ने होइन कि आफू अगाडि बढ्ने कुरा गर्यो भने अगाडि बढिन्छ ।’

त्यस्तै थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङकी संस्थापक लक्की क्षत्रीले पर्यटन क्षेत्रमा श्रममा विभेद रहेको बताइन् । उनले भनिन्, ‘टुरिजममा दुर्भाग्यवश श्रमको विभेद नै छ ।’

पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको पनि उनको भनाइ थियो । उनले भनिन्, ‘हस्पिटालिटी इन्डस्ट्रीमा महिलाले नै सेवा दिएको राम्रो हुन्छ । अहिले पर्यटन क्षेत्रमा उत्साहजनक सहभागिता छ । राम्रो प्लेटफर्म छ । महिलाले आफ्नै ट्रेकिङ कम्पनी सुरु गरिसकेका छन् । पर्यटनमा हेर्ने हो भने राम्रो सहभागिता देखिएको छ ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले धेरै परिवर्तन भइसकेको बताइन् । उद्यमशीलता विकासका लागि अर्थ मन्त्रालयले कोश नै छुट्याएको उनले बताइन् । उनले भनिन्, ‘महिलाहरुको अधिकार जति भए पनि आर्थिक रुपमा महिला सक्षम हुनुपर्छ भनिएको छ ।’

त्यस्तै यति एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पाले श्रीमान्‌को मृत्युपछि आफूले कम्पनीको नेतृत्व गरेर अघि बढेको बताएकी छिन् । उनका श्रीमान आङछिरिङ शेर्पाको २०७५ सालमा ताप्लेजुङमा भएको विमान दुर्घटनामा परी मृत्यु भएको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

यति एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन्, ‘जब मेरो श्रीमान बित्नु भयो । त्यो दिन मेरो श्रीमान कहाँ जान्नु भयो भन्ने पनि थाहा थिएन । उहाँ हरेक समयमा गइरहनुहुन्थ्यो । म त्यो दिन अफिसमै थिएँ । त्यो दुर्घट्नाको विषयमा थाहा पाउने म नै अन्तिम व्यक्ति थिएँ होला ।’

उनले त्यतिबेलाको क्षण सम्झँदै भनिन्, ‘रुने बेला होइन एयरपोर्टमा गएर पापालाई लिएर आउ भने छोरालाई । परिवार आउन थाले । त्यतिबेला संसारमा म एक्लो भएँ जस्तो लाग्यो। किनभने मेरो श्रीमान् हरेक कुरामा अगाडि हुनुहुन्थ्यो । म उहाँको छायाँ भएर बसेको थिएँ । एक्लो भएको अनुभव पनि भयो ।’ आफू श्रीमान्‌को मृत्युपछि पनि निडर भएर अगाडि बढेको उनले बताइन् ।

‘श्रीमान् हरेक क्षेत्रमा अगाडि बढेर राष्ट्रमा लिडर भएर काम गर्नुभएको थियो । त्यसैले म किन डराउने भन्ने अनुभव भयो । उहाँले छाडेर जानु भएको कामलाई म हरेक कामलाई सफल बनाउँछु भन्ने हिम्मत आयो,’ उनले भनिन् ।

यो सत्रको सहजीकरण कान्तिपुर दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण आचार्यले गरेका थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…