प्रचण्डले जिम्मेवारी नदिएपछि एमालेमा लागें : पुर्वमन्त्री जवेगु

चविराटनगर । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री जवेगु एकता अघि माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य थिए । तर एकतापछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
‘पार्टी एकतापछि पर्खेर बसियो, तर कुनै जिम्मेवारी दिइएन,’ उनले भने, ‘जिम्मेवारी विहीन भएर बसिरहन मनले मानेन ।’

जवेगु दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जनयुद्धकालदेखि नै माओवादीमा रहेका उनी २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए । त्यसयता भने उनलाई जिम्मेवारी विहीन बनाइएको थियो ।

संघर्षले बनाएको पार्टीभित्र उपेक्षामा परेपछि एमालेमा लागेको उनले बताए । एमालेमा प्रवेश गरेका उनलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…