किन आलोचित बन्यो ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खला ?

दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।

पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण भने, यसका निर्णायकहरु हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलोचना गरिरहेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् ।

शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ । जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधिकांश प्रतिक्रिया आलोचनाले नै भरिएका छन् ।

अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् । कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गरेका छन्, ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ?

तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ जुन प्रश्नमा निर्णायकले प्रतियोगीलाई ‘होच्याएर’प्रश्न गरेको भन्दै दर्शकले आलोचना गरेका छन् ।

गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’

त्यस्तै, कतिपय प्रतियोगीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायकको निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् । कतिपयले निर्णायकले प्रतिस्पर्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ। अनलाइनखबरबाट 

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…