भारतीय नागरिक चीन जान चिनियाँ खोप लगाउनुपर्ने अनिवार्य गरिदिएपछि

काठमाडौं । चीन सरकारले आफ्नो देश आउने भारतीय नागरिकले चीनमा बनेको कोभिड – १९ खोप लगाउनुपर्ने सर्त राखेको छ । १५ मार्चदेखि भारतीय नागिरकले चीन जानका लागि चीनमा बनेको कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भारतस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चिनियाँ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘चिनियाँ दूतावास तथा वाणिज्‍य दूतावासमा मानिसहरु भिसा प्रक्रियामा सहभागी हुन सक्नेछन् । तर उहाँहरुले चीनमा बनेको कोभिड १९को भ्‍याक्सिन लगाएको हुनुपर्छ र भ्‍याक्सिन लगाएको सर्टिफिकेट हुनुपर्छ ।’

हिन्दु अखबारका चिनियाँ संवाददाताले अनन्त कृष्णाले ट्विटरमार्फत चीनले घोषणा गरेको खोप भने भारतमा उपलब्ध नभएको प्रतिक्रिया दिएका छन् ।

तर चिनियाँ दूतावासले भने चीन जाने भारतीय नागरिक तथा उनको परिवारले कोरोना महामारीभन्दा अगाडि नै वैध कागजातका साथ भिसाका लागि आवदेन
गर्नुपर्ने जनाएको छ ।

अब विदेशीले पनि भारतबाट चीन जान चाहेमा यात्रा अघि इलेक्ट्रोनिक हेल्थ डिक्लेरेसन बनाउनुपर्ने हुन्छ। यसपछि चीन पुगेपछि सेल्फ क्वारेन्टिनमा बस्‍नुपर्छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…