चीनलाई अर्को झट्का दिदै भारत,अमेरिका र युरोपेली मुलुकहरुकै लाइनमा उभिने

काठमाडौं । भारतको दूरसञ्चार विभागले टेलिकम कम्पनीहरूहरुलाई केही विशेष किसिमका मोबाइल गियर खरिद प्रक्रिया सरकारबाट अनुमोदित स्रोतबाट मात्र गर्न निर्देशन दिएको छ । विभागकाे हालैकाे निर्देशनमा चीनका ह्वावे र जेडटीई भारतीय सरकारबाट अनुमोदित कम्पनीभित्र नपर्ने उल्लेखमा छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारतले चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउन नयाँ कदम चालेकाे हाे । सरकारको त्यस्तो निर्देशनले भारत पनि चीनको दूरसञ्चार उपकरणलाई रोक्ने अमेरिका र युरोपेली मुलुकहरुकै लाइनमा रहेको बुझ्न सकिन्छ ।

नाम खुलाउन नचाहने एक स्रोतका अनुसार भारत सरकारले चिनियाँ कम्पनीहरुलाई प्रतिबन्धित कम्पनीको सूचीमा थप्दै जाने क्रममा छ । तर नेटवर्क उपरकणका लागि विश्वासिलो स्रोतको सूची तयार गर्ने सम्बन्धमा भने भारत सरकारले कुनै तदारुकता देखाएको छैन ।

नयाँ प्रतिबन्ध अब १५ जूनदेखि लागू हुनेछ । अपरेटरहरुले उपकरण खरिद गर्नुअघि कसलाई विश्वासिलो स्रोत मान्ने भन्नेबारे राष्ट्रिय साइबर सुरक्षा कोअर्डिनेटर एनसीएससीसँग राय लिनुपर्ने द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

गत वर्षको जूनदेखि भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउन थालेयता दुई देशबीचको सम्बन्धमा उतारचढाव आउन थालेको हो ।

भारतलाई अमेरिकाले पनि लामो समयदेखि चिनियाँ फाइभजी उपकरणमाथि प्रतिबन्ध लगाउन दबाब दिँदै आइरहेको थियो ।

यद्यपि सस्तो मूल्यमा एड्भान्स उपकरणको लागि ह्वावे र जेडटीईसँग दलाली गर्दै भारतले सम्बन्धलाई निरन्तरता दिइरहेको थियो ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…