मुख्यमन्त्री राई ससुराली होइन, निजी खर्चमा नेकपाको कार्यक्रममा जानुभएको थियो : सचिवालय

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हेलिकोप्टर चढेर ससुराली गएको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुक पेजमा मुख्यमन्त्री राई र पत्नी हेलिकोप्टर अगाडि उभिइरहेको फोटो हालेका थिए। जसमा लेखिएको थियो, ‘प्रदेश १ का मुख्यमन्त्री स-पत्नी ४ वटा हेलिकप्टर चार्टर गरेर संखुवासभाको मकालु गाउँपालिकास्थित ससुराली पुगेका छन्।’

उपाध्यायको फेसबुक पोस्ट अहिले भाइरल भएको छ। उनको पोस्टमा कमेन्ट गर्नेहरुले कम्युनिस्ट नेताले सामन्ती चरित्र देखाएको भन्दै चर्को आलोचना गरेका छन्।

भर्खरै बिहे गरेका राईले पत्नीसहित ससुराली जाँदा विराटनगरबाट हेलिकोप्टर चार्टर्ड गरेको भन्दै चर्को आलोचना भएपछि एमालेका नेताहरु र उनको सचिवालय बचाउमा उत्रिएका छन्।

संखुवासभाका सांसद एवम् नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले पार्टीकै कार्यक्रममा जाँदा हेलिकोप्टर प्रयोग गरिएको दाबी गरेका छन्।

केही साताअघि मुख्यमन्त्री राईसँगै गौतम पनि संखुवासभाको मकालु पुगेका थिए। गत फागुन १३ गते मकालु गाउँपालिका-२ सेदुवा बजारमा नेकपाकै कार्यक्रममा जाँदा मुख्यमन्त्री राईले हेलिकोप्टर चढेका हुन्। तर उनको साथमा पत्नी पनि माइती गाउँ पुगेकी थिइन्।

मुख्यमन्त्री राई र पत्नी फागुन १३ मै हेलिकोप्टरबाटै काठमाडौं गएका थिए। गौतमले मुख्यमन्त्री राईविरुद्ध नियोजित प्रहार गर्नेहरुले अफवाह फैलाएको दाबी गरेका छन्।

‘मुख्यमन्त्री राई ससुराली होइन, नेकपाको कार्यक्रममा जानुभएको थियो’, उनले भने, ‘उहाँसँग पत्नी पनि जानुभएको हो। मकालु गाउँमा खिचेका त्यसबेलाका तस्बिर अहिले बदनाम गराउन भाइरल गरिएको छ।’

सचिवालय भन्छ : निजी खर्चमा

उता मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पनि नेकपा गाउँ कमिटीले फागुन १३ मा गरेको जनसभा र गाउँपालिका कार्यक्रममा हेलिकोप्टर चढेर गएको बताएका छन्।

उनले उक्त हेलिकोप्टर चार्टर्ड गर्दा लागेको खर्च मुख्यमन्त्री राईको आफ्नै भएको दाबी गरेका छन्। ‘उक्त खर्च राज्यकोषको होइन’, उनले भनेका छन्, ‘व्यक्तिगत खर्चमा हेलिकोप्टर चढेको कुरालाई बंग्याएर बदनाम गरिँदैछ।’

यसअघि मोरङमा भएको सडक दुर्घटनाका घाइतेहरूलाई उद्धार नगरी हिँडेपछि मुख्यमन्त्री राई आलोचित भएका थिए। सडकमै लडेका घाइतेको समयमा उद्धार नहुँदा एकजनाको ज्यान नै गएको थियो।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…