चन्द्रमामा बस्ती बसाउने योजना : पठाइँदैछ मानव तथा जीवजन्तुका लाखौँ वीर्य र अण्डा

वैज्ञानिकहरुले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन् । बस्ती बसाउनका लागि उनीहरुले मानव तथा अन्य जीवजन्तुका लाखौँ वीर्य र अण्डाका नमूना चन्द्रमामा पठाउने तयारी समेत गरिरहेका छन् ।

उक्त वीर्य बैंकमा एक करोड सात लाख बीस हजार प्रजातिका प्रजनन कोशिका, शुक्राणु तथा अण्डा राखिनेछ जसमा मानव शुक्राणु पनि सामेल हुनेछ ।

यी नमूनालाई एउटा विशेष बाकसमा राखिनेछ, जसको भण्डारण चन्द्रमाको सतहभन्दा मुनि गरिने वैज्ञानिकले बताएका छन् । हालै वैज्ञानिकले पत्ता लगाएको चन्द्रमाको गहिरो खाडलमा यी नमुनाहरू भण्डारण गरिनेछ । यसलाई एउटा आधुनिक विश्व बीमा नीतिको रुपमा हेरिनुपर्ने पनि वैज्ञानिकको भनाइ रहेको छ ।

पृथ्वीमा भैरहेको जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपत्ले कतै मानिसको समूल नै नष्ट हुने हो कि भन्ने डर वैज्ञानिकलाई रहेको छ । यसकारण पनि वैज्ञानिकहरु मानव प्रजातिलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा काम गरिरहेका छन् ।

यसै सन्दर्भमा उनीहरुले भविष्यमा मानव भ्रुण सुरक्षित राख्ने स्थानका रुपमा चन्द्रमालाई लिएका छन् । चन्द्रमामा वीर्य बैंक स्थापना गरेर मानवता जोगाउने कार्यमा वैज्ञानिकहरु लागि परेका छन् ।

खासमा यो प्रस्ताव एरिजोना युनिभर्सिटीको टीमले दिएको हो । जसका प्रमुख इन्जीन जिकन थांगा हुन् । उनी अन्य पाँच वैज्ञानिकसँगै यस अनुसन्धान टिमका सहलेखक समेत हुन् । उनको टिमले दिएको रिर्पोटअनुसार उक्त ‘लुनर जीन बैंक’मा मानिस तथा अन्य जीवजन्तुको वीर्य सुरक्षित राखिनेछ ।

वैज्ञानिकका अनुसार चन्द्रमामा जहाँ ज्वालामुखी विष्फोट भएर अर्बौं वर्ष पहिले लावाको नदी बग्ने गर्थ्यो त्यहीँ वीर्य सुरक्षित राखिनेछ । किनकि चन्द्रमाको यो स्थानलाई वैज्ञानिकले वीर्य सुरक्षित राख्ने उपयुक्त स्थानका रुपमा लिएका छन् ।

यस्ता खाडल जमिनबाट असीदेखि सय मिटर गहिरा छन् भने चन्द्र सतहले यसलाई एक प्रकारको सुरक्षा प्रदान गर्ने गर्छ । यस्ता खाडलहरू तापक्रममा हुने परिवर्तनका अलावा उल्कापिंड तथा अन्तरिक्षबाट आउने विकिरणबाट समेत सुरक्षित मानिन्छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…