एउटै गाउँमा साढे ११ लाख किलो आलु उत्पादन, एउटै आलु ७ सय ग्रामसम्मको

पाल्पा । मौसमले साथ नदिए पनि एउटै गाउँमा साढे ११ लाख किलो आलु उत्पादन भएको छ । रामपुर नगरपालिका–६ को एउटै गाउँमा १ हजार २ सय रोपनीमा लगाइएको आलु त्यस परिमाणमा उत्पादन भएको हो । वडा कार्यालयको समन्वय र सहयोगमा किसानले पकेट क्षेत्रमा आलु लगाएका हुन् ।

अघिल्लो वर्ष ८ लाख किलो उत्पादन भएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । यस वर्ष १६ लाख किलो उत्पादन गर्ने लक्ष्य थियो । ‘लगाउने बेला मूल बीउको अभाव भयो,’ उनले भने, ‘लगाएपछि आकाशबाट पानी परेन, सिँचाइ कुलोको पानी कतै जम्ने र कतिपय स्थानमा नपुग्ने समस्या भयो ।’

समयमा बीउ नपाएको र मौसमले साथ नदिएकाले आलु उत्पादन सोचेजस्तो हुन नसकेको किसानले बताए । ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत रामपुर–६ ले आलु उत्पादनलाई महत्त्व दिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ दिएकामा अनुदान मात्र होइन, आफैं बीउ खरिद गरेर पनि किसानले आलु लगाएका थिए ।

‘आलु लगाउने समयमा मौसमले साथ दिएन,’ किसान सूर्यप्रसाद रेग्मीले भने, ‘बीउका लागि धेरै भौंतारिन पर्‍यो । त्यसमाथि मौसमले पनि साथ नदिएकाले सोचे जस्तो उत्पादन भएन ।’ वडाको लक्ष्य र कृषि प्राविधिकको आकलनअनुसार भने समग्रमा उत्पादन राम्रो भएको छ । केही किसानका लागि बीउ राम्रो भएन । ‘ठूला दाना भएका बीउले पनि किसान मर्कामा परे,’ रेग्मीले भने, ‘तर उत्पादन प्रायःको राम्रो नै भएको छ ।’ आफ्नो बारीमा एउटै आलु ७ सय ग्रामसम्मको फलेको उनले जानकारी दिए ।

वडा कार्यालयको समन्वयमा आगामी वर्षका लागि भने बीउ जोगाउन थालिएको छ । अर्को वर्ष २० लाख किलो आलु उत्पादन गर्ने वडा कार्यालयको लक्ष्य छ । यसका लागि रामपुर नगरपालिकाले निर्माण गरेको र स्याङ्जाको गल्याङ नगरपालिकाको जिम्मास्थित शीतभण्डारमा आलुको बीउ राख्ने योजना छ ।

उत्पादित आलु बिक्रीका लागि कुनै समस्या नभएकाले पनि किसान हौसिएका हुन् । ‘हामीले १ सय १० रोपनी जग्गामा आलु लगाएका थियौं,’ ट्वान्टी–ट्वान्टी कृषि तथा पशुपालन समूहका अध्यक्ष युवा किसान सन्तोष देवकोटाले भने, ‘शीतभण्डार छिटो बन्यो भने समस्या हुने थिएन । होइन भने अर्को वर्ष फेरि बीउका लागि सकस खेप्नुपर्छ ।’

किसानले अहिले खेतबाटै ३० रुपैयाँ प्रतिकिलोमा आलु बेचिरहेका छन् । ५० देखि ६० रुपैयाँ किलोमा बिक्री गर्न सकिन्छ भन्ने युवा किसानको लक्ष्य छ । २० जना विदेशबाट फर्केका युवाले पनि आलु खेती गरेका छन् । अहिले घरहरू आलु गोदामजस्तै भएका छन् । रामपुर नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने मात्र होइन, बजारका लागि सहकारी, समूह र वडाले समन्वय गर्नुपर्ने युवाको माग छ ।

रामपुर–६ मा उत्पादित आलु जिल्ला र बाहिरसमेत पठाउने उद्देश्यसहित आलु पकेट क्षेत्र बनाइएको वडासचिव वासुदेव ढकालले जानकारी दिए । किसानले बिक्री गर्न नसकेको आलु वडाले खरिद गरेर व्यवस्थापन गर्ने उनले बताए । वडामा कम्तीमा ६ सय घरपरिवारले आलु लगाएका छन् । यहाँका प्रायः सबैले आलु बिक्रीबाट कम्तीमा ५ हजारदेखि ३ लाखसम्म आम्दानी गर्छन् ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…