राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा खनाल र नेपाल नजाने

३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् ।

बुधबार र बिहीबार तय भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका कारणले जान नभ्याइने उनीहरुले एमाले नेता विष्णु रिजालले जानकारी दिए । राष्ट्रिय भेलामा पेश हुने अवधारणापत्र तयारीका कारणले जान नभ्याउने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजे नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

नेता रिजालले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका बेला सर्वदलीय बैठक आह्वान गर्नु शोभनीय नभएको बताए ।

‘देशमा संकट बेला प्रधानमन्त्रीले नै असंवैधानिक ढंगले संसद विघटन गर्दा जतिबेला छलफल गर्नुपर्ने थियो त्यो बेलामा उहाँ चुप लाग्नुहुन्छ, पार्टीका नेताहरु पूर्व प्रधानमन्त्री छन् भन्ने उहाँलाई याद हुँदैन, जब प्रधानमन्त्रीलाई अप्ठेरो पर्‍यो, पार्टीभित्र उहाँ अप्ठेरोमा पर्नुभयो भनेपछि यो (सर्वदलीय बैठक) गर्नुभएको हो, यो शोभनीय छैन’ उनले भने ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…