नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि आफू सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ ।

केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सोमबार स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताए ।

नयाँ दिल्लीमा आयोजना गरिएको भारतको छिमेक नीतिसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले भने, ‘ऊर्जाको क्षेत्रीय व्यापार प्रबर्द्धनका लागि निर्यातसम्बन्धी केही कार्यविधि जारी गरेर छिमेकी मुलुकसँग ऊर्जाको आयात र निर्यातमा परिवर्तनकारी कदम चालिएको छ ।’

केही हप्ता अगाडि भारतले ऊर्जाको आयात र निर्यातसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । तर, सो कार्यविधिमा भारतसँग सिमाना जोडिएको कुनै तेस्रो मुलुकले लगानी गरेका परियोजनाको बिजुलीका लागि भने सो सुविधा नदिने उल्लेख छ । सो प्रावधानले चिनियाँ लगानीलाई भने असर गर्ने देखिन्छ ।

उनका अनुसार सो कार्यविधिले ऊर्जाको आयात र निर्यात गर्न बाटोमात्र नखोली ऊर्जा पारवहनमा भारतले सहजीकरण गर्नेछ ।

उनले भारतका छिमेकीहरुका लागि विद्युत व्यापारको विशाल बजार खुल्ला भएको समेत बताएका छन् । श्रींगलाले भारतीय गि्रड नेपाल, भुटान र बंगलादेशसँग जोडिएको पनि बताएका छन् । उनले श्रीलंकासँग पनि गि्रड कनेक्सनको लागि गृहकार्य भइरहेको समेत जानकारी दिएका छन् ।

नेपालको बिजुली बंगलादेश निर्यातका लागि भारतीय भूमि हुँदै जानुपर्छ । त्यसका लागि भारतले सहजीकरण गर्छ कि गर्दैन भन्नेमा नेपाल र बंगलादेश दुवै शशंकित छन् ।

ऊर्जाको उच्च माग भएको बंगलादेशले लामो समयदेखि भारतसँग सहजीकरणको लागि आग्रह गरिरहेको छ ।

भारत र बंगलादेश बीचमा हुने हरेक उच्चस्तरीय बैठकमा सो विषयले प्राथमिकता पाउने गरेको छ ।

पछिल्लो समयमा भारतका उच्च अधिकारीहरुबाट बिजुली निर्यातका लागि पारवहन सुविधा दिने प्रतिवद्धता आएको छ । यद्यपि यससम्बन्धी विस्तृत गृहकार्य भने बाँकी नै छ । यसका लागि निकट भविष्यमा नै ३ देशका उच्च अधिकारीहरुको बैठकको तयारीसमेत भइरहेको छ ।

भारतीय विदेश सचिवले नेपालमा निर्माणाधीन केही जलविद्युत आयोजनाहरुको नामसमेत लिएका छन् । उनले ९०० मेगावटको कणर्ाली जलविद्युत आयोजनाले उत्पादन गर्ने नेपालले भारत र बंगलादेशमा निर्यात गर्न सक्ने बताएका छन् ।

अहिले नेपाल र बंगलादेश दुवैले भारतबाट बिजुली किनिरहेका छन् । बंगलादेशले भारतबाट ११६० मेगावाट बिजुली किनिरहेको छ भने नेपालले अहिले ७०० मेगावाट बिजुली किनिरहेको छ ।

बिजुली निर्यातका लागि भारतले सहजीकरण गरेमा बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा कुराकानी भइरहेको छ । तर अहिलेको लागि भारतको सिलगुरी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…