सार्थकता पाउँदै युवाहरुको अभियान, मन्दिर निर्माणमा दूइलाख बढी रकम संकलन 

  • सन्तोष डाँगी

३ चैत्र, रोल्पा। रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरुले चलाएको अभियानले सार्थकता पाउन थालेको छ। सिद्धपुजे परोपकारी समाज सेवा संस्था मार्फत भवाङका स्थानीय युवाहरु सिद्धपुजे पर्यटकीय स्थल निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।

सिद्ध बहारह मन्दिरको भौतिक संरचना निर्माण गर्न युवाहरुले चलाएको अभियान अन्तर्गत हालसम्म २ लाख बढी रकम र  १ लाख बराबरको भौतिक सामग्री  प्राप्त भएको संस्थाका अध्यक्ष ताराप्रसाद खत्रीले बताउनुभयो । ‘हामीलाई स्वदेश तथा विदेशबाट सहयोग गर्नेहरुको संख्या दिनहु वृद्धि हुँदै गइरहेको छ।’, अध्यक्ष खत्रीले भन्नुभयो, ‘यसैगरि सहयोगीहरुको साथ पाईरहे हामीले भावाङमा हेर्ने लायककै ठाउँ निर्माण गर्नेछौं।’

मन्दिर निर्माणमा युवाहरुको स्वस्फुर्त अभियानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्दिर परिसरमा घेरबार लगाउन माडी गाउँपालिकाले ग्याबिङ जाली उपलब्ध गराउने भएको छ भने माडी गाउँपालिका ५ नं वडा आफैले एउटा मन्दिर बनादिने प्रतिबद्धता जनाइसकेको छ।

सिद्धपुजे मन्दिर हरेकवर्ष लाग्ने ‘भावाङ मेला’को नामले पनि परिचित रहेको छ । यस मन्दिरमा पुजाआज भएपछि मात्र भाबाङ चौरमा लाग्ने मेलाले औपचारिकता पाउने गरेको स्थानीयहरु बताउँछन्।

मन्दिरको इतिहासबारे स्थानीयलाई धेरै थाहा नभएता पनि बुढापाका अनुसार यस मन्दिरमा हालसम्म ८ जना भन्दा धेरै पुजारी फेरिइएका छन्। मन्दिरमा एक पटकका लागि नियुक्त पुजारी जीवनभर पुजारी हुने प्रचलन रहे अनुसार मन्दिर २-३ सय वर्ष पुरानो हो कि भन्ने स्थानीयको विश्वस रहेको छ।

‘उहिले यस मन्दिरको महत्व बेग्लै थियो, मन्दिरको दर्शनसंगै भावाङ मेला हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्दथे अहिले मानिसहरुमा धर्मप्रतिको आस्था अलि कम भएको हो कि जस्तो लाग्छ’, ‘मन्दिरका पुजारी लिलु डाँगी भन्नुहुन्छ, यहाँका युवाहरुले मन्दिरलाई आस्थाको केन्द्रसंगै पर्यटन स्थल बनाउने अभियान चलाएको देख्दा धेरै खुसी लागेको छ।

धार्मिकसंगै युद्ध पर्यटनको पनि सम्भावना

भाबाङ धार्मिक पर्यटकीय क्षेत्र मात्र नभएर युद्ध पर्यटनको क्षेत्रको रुपमा पनि विकास गर्न सकिने संस्थाका अध्यक्ष खत्री बताउनुहुन्छ । उहाँका अनुसार तत्कालिन नेकपा माओवादीले भाबाङ चौर यस स्थान बाटै जिल्ला जनसरकारको घोषणा गरेको थियो ।

भावाङकै बाङमा भन्ने ठाउँमा १४ जना जनकलाकारहरुको ह’त्या गरिएको थियो। नजिकै टिलाचौरमा सरकारी सेना र जनमुक्ति सेनाबीच ठूलो भिडन्त समेत भएको थियो । यी कुराहरुलाई आधार मान्दै भावाङमा धार्मिकका साथ साथै युद्ध पर्यटनको रुपमा स्थापित गर्ने सम्भावना समेत प्रशस्त रहेको त्यहाँका युवाहरु बताउँछन् ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…