दाहाललाई ओलीको फोन : भेटौँ न, म केही कुरा गर्न चाहन्छु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन् ।सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।’

ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भनेका थिए ।

गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।

माधवसमूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला, मंगलबार २ बजे पत्रकार सम्मेलन

नेकपा एमालेको माधव-झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ। बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो। सोहि भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरेपनि माधव समूहका नेताहरु नजाने भएका छन् । ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान शीर्ष नेताहरुले निर्देशन दिएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो। नेपाल पक्षले ओलीसँग फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए।

ओलीले भने नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाउने, केन्द्रीय समिति बैठकका विषयमा साझा सहमति बनाएर जान प्रस्ताव गरेका थिए। ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी दाहालसँग मिलेर नेपाल पक्षले कार्य गरे पनि अदालतको फैसलाले मात्र राजनीति जोगिएको भन्दै त्यसमा आफूले ती गल्तीको रियलाइजेसनको अपेक्षा गरिएको बताएका थिए। अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…