प्रचण्ड सप्रिए सहकार्य हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सप्रिए फेरि सहकार्य हुने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा पत्रकार धमलाले तपाईँ र प्रचण्डबीच धेरै राम्रो सहकार्य भएको थियो ? आज त्यो सहकार्य एकाएक टुट्यो, अब सहकार्य हुन्छ त ? भनेर सोधेको प्रश्नमा उनले भने,”प्रचण्डसँग सहकार्य हुन्छ, उहाँ सप्रिनुभयो भने सहकार्य हुन्छ । उहाँपनि यही लोकतान्त्रिक प्रणालीभित्र हुनुहुन्छ । निर्वाचन प्रणालीलाई मान्नुभएको छ । किन सहकार्य नहुनु ? तर, उहाँ सप्रिनुपर्यो ।”

हिन्दू राष्ट्र बनाउने भन्नेबारे सुनेकै छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवले नेपाललाई हिन्दूराष्ट बनाउनुपर्छ भनेर जनमतसंग्रहको माग गरेको कुरा आफूले नसुनेको प्रतिक्रिया दिएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको तपाई र विप्लवबीच जनमतसंग्रहमा जाने भित्री सहमति भएको छ अरे भनेर बाहिर चर्चा भएको छ, नेपाललाई हिन्दूराष्ट बनाउने ? यो कत्तिको सही हो ? प्रश्नमा प्रधानमन्त्री ओलीले भने-“नेत्रविक्रम चन्दले हिन्दूराष्टको माग गर्नुभएको छ र ? मैले त सुनेको छैन त त्यस्तो कुरा ।”

पत्रकार धमलाले हिन्दू राष्ट्र बनाउने तपाईको चाहना हो भनेर सोधेको अर्को प्रश्नमा उनले भने-“नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो । नेपाल सबै जातजाति, भाषा, भाषीहरु आस्था र विश्वासहरु भएका समूदायहरु, विभिन्न पेशा व्यवसाय जनताको साझा देश हो । यसलाई विवादको भूमरीमा पार्न खोज्ने, साम्प्रादायिकतामा तान्न खोज्ने, यो कुराहरु उचित होईन ।

हामीले साम्प्रादायिक सद्भावका साथ, विविधतामा एकताको नाराको साथ कुनैपनि हिसाबले तनाव बढाउने, कुनै हिसाबले जनताको मनमा ठेस पुर्याउने कुनै हिसाबले काम गर्नुहुँदैन् । यो सबैको साझा देश हो । यस साझा देशलाई सबैले समृद्ध बनाउनुपर्छ । आधुनिक देश बनाउनुपर्छ । यसलाई अत्यन्त शिष्ट, सभ्य र मर्यादित बनाउनुपर्छ ।

समान अधिकार अवसर भएको, सूरक्षाको सबैलाई प्रत्याभुति भएको, कोही पनि डर, त्रासमा बस्नु नपर्ने, सम्मानित जीवन सबैले बाँच्न पाउने स्थिति भएको देश निर्माण गर्नुपर्छ । सबै मिलेर सबैको लागि । त्यसो भएर समृद्ध नेपाल, सुखी नेपाली को राष्टिय आकांक्षा हामीले तोकेका छौं । त्यसअन्तर्गत हामी जान्छौं । विवादतर्फ होईन् ।”

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…