जग्गा विवाद मिलाउदा बांगोटिङ्गो हुन पुगेको दाङको एक सडक भाईरल

दाङ । जग्गा विवाद मिलाउदा बांगेटिंगे हुन पुगेको दाङको एक सडक अहिले भाईरल रोडका नामले परिचित भएको छ । सहरी सघन अन्तरगतको २७ करोडको लागतमा निर्माण गरिएको उक्त सडक अहिले भाईरल भएको घोराही १२ वडा अध्यक्ष राजेन्द्र बुढाले बताउनु भयो ।

सडक निर्माणको समयमा मेरो जग्गामा धेरै बाटो काटिएयो भन्ने खालका गुनासोहरु बढेका कारणा पनि बाटो बांगेटिंगे हुन पुग्यो तर अहिले त्यो सडक भाईरल हुदा विश्व सामु रोड चिनिदा भने हामीलाई राम्रो फाईदा भएको छ, उहाँले भन्नुभयो ।

उहाँले भन्नु भयो,-‘त्यो बाटो साविक नक्सामा नभएको बाटो हो, नयाँ बाटो कटिङ गर्दा स्टेट सडक बनाउदा कसैको धेरै कसैको थोरै जग्गा काटिने भएपछि, छलफल गरेर सहमतिमा जग्गा छोड्दा बाटो बांगेटिंगे हुन पुग्यो ।

त्यसैको उपलब्धीस्वरुप आज बाटो भाईरल हुन पुग्यो, अध्यक्ष बुढाले भन्नु भयो । दाङको भाईरल रोडमा नागरिकको चहलपहल दैनिक रुपमा बढ्दै गईरहेको छ । नारायणपुर – नोरबाङ अन्तरगतको सडक अलिहे भाईरल रोडको नामले चिनिने गरेको छ । जहाँ दैनिक रुपमा नागरिकको चहलपहल निकै बढ्दै गएको छ ।

२ महिना अगाडी सोही सडकमा खिचिएको एउटा भिडियोलाई टिकटकमा निकै रुचाईएसँगै नारायणपुर – नोरबाङ अन्तरगतको सडक भाईरल रोड बन्न पुगेको हो । घोराही १० को सिमाना पार गरेपछि वडा नम्वर ११ र १२ मा पर्ने भिरालो सडकमा खिचिएका भिडियोहरु अहिले टिकटकमा छ्याप छ्याप्ती देख्न सकिन्छ ।

यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि उक्त भाईरल रोडमा खिचिएका तस्विर निकै भाईरल भैरहेका छन् । सामाजिक सञ्चाल फेसबुक, टिकटक र युटुवका प्रयोगकर्ताहरुको भिडियो र तस्विरका लागी त्यहाँ नागरिकको घुईचो लाग्ने गरेको छ । भाईरल रोडको नामले चर्चित बनेको नारायणपुर – नोरबाङ अन्तरगतको सडक अवलोकन गर्न पुग्नु भएका घोराही १७ का ज्ञानेन्द्र डाँगी भन्नुहुन्छ,-‘यो सडक अहिले निकै भाईरहल भएको छ ।

यो सडकमा निरन्तर पर्यटकहरुको आर्कषण बढाउनका लागी यो सडकसँगै यहाँ अरुपनि पर्यटकिय संरचनाहरु निर्माण गर्न आवश्यक देख्छु मैले उहाँले भन्नु भयो ।

वडा अध्यक्ष बुढाले अहिले नै सोही क्षेत्रमा केही पर्यटकिय संरचना निर्माण गर्ने योजना नभएको र केही समयपछि सोही सकड भएर जाने सुर्केदह प्रदेश सरकारको लागतमा पर्यटकिय स्थलको रुपमा विकास हुन लागेको उहाँले बताउनु भयो । तस्विर : कुलदिप न्योपाने

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…