माथिल्लो तामाकोसीको बिजुली नयाँ वर्षको उपहार बन्ने पक्का

काठमाडौँ । सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ ।

केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । “वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,” उहाँले भन्नुभयो, “करिब १५ दिन लाग्ने यो परीक्षणपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ ।”

अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्स फर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ ।

त्यसो त चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको छ तर समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियता देखाइरहेका छन् । “परीक्षण त्रुटिरहित होस् भन्नेमा हामी सचेत छाैँ,” श्रेष्ठले भन्नुभयो, “यो पर्याप्त समय लिएर सचेत भएर गर्नुपर्ने काम भएकाले समयसीमाको बन्धनमा हामी बाँधिनु हुँदैन ।”

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…