जसपा कसैको पुच्छर होइन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको जसपाका अध्यक्ष रहेका भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्।

जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटघाटलाई जारी राखेका छन्।

यस्तो बेला तीन कुरा जसपाले जान्नैपर्ने भट्टराई तर्क गर्छन्। परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने पनि भट्टराईले बताएका छन्।

‘जसपाबारे जान्नैपर्ने कुरा: १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो,’ भट्टराईले ट्वीट गरेका छन्।

साथै गणतन्त्र, संघीयतालगायतमा कसैसँग सम्झौता गर्न नहुने उनको भनाइ छ।

‘गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन,’ उनले भनेका छन्।

साथै भट्टराईले जसपा कसैको पुच्छर नबन्ने पनि दाबी गर्दै लेखेका छन्, ‘यो कसैको पुच्छर हैन,आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’ जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको संकेत उनको छ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…