भर्खरै एमाले भएका टोपबहादुर रायमाझी भन्छन्, ‘विचार र राजनीति छोडेर पद जोगाउन लाग्दैनौं’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले आफूहरू पद र गुट छोड्न सजिलै तयार भएपनि सही विचार र राजनीतिलाई छोड्न तयार नभएको बताउनुभएको छ । सही विचार र राजनीति र नेतृत्व छोडेर सांसद र मन्त्री पद जोगाउन आफूहरू नलाग्ने उहाँले दोहोर्‍याउनुभयो ।

अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत् राष्ट्रिय भेलामा बोल्नुहुँदै मन्त्री रायमाझीले राष्ट्रवादी र विकास प्रेमी नेतृत्वलाई अपदस्त गर्ने खेल चलेपछि मुलुकलाई अस्थिरताबाट बचाउन सही निर्णय लिएको बताउनुभयो ।

केपी शर्मा ओलीको राष्ट्रवादी अडान, विकास निर्माणको महाअभियान र राजनीतिक कार्यदिशा सही भएकाले आफूहरू माओवादी केन्द्रमा नफर्किएको पनि उहाँले स्पष्ट पानुृभयो । सङ्कटको घडीमा मानिसहरूको पहिचान हुने भन्दै उहाँले जटिल अवस्थामा पनि विचलित नभई सही निर्णय लिँदा मात्र राजनीतिकरुपमा सफलता हासिल हुने बताउनुभयो ।

बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

करीब चार दशक माओवादी धारको राजनीति गरेका रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका बादलले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

बादलले एमालेको प्रदेश इन्चार्जको जिम्मेवारी औपचारिक रुपमा सम्हालेको अवसरमा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा पुगेका थिए ।

आजै संगठन विभाग प्रमुख र प्रदेश इन्चार्जको उपस्थितिमा प्रदेश पदाधिकारीको बैठक बसिरहेको अध्यक्ष पोखरेलले बताए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…