गृहमन्त्री थापासहितका मन्त्रीलाई माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलायो

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । एमालेको ओलीतिर लागेका सबै प्रदेश तथा सङ्घीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको पनि माओवादीका एक नेताले बताएका छन् ।

यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…