महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।

शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।

दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।

स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए । ‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने ।

एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् । शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा. सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…