बदमासी गरेकालाई गृहमन्त्री बनाइयो, अब फर्किन पर्दैनः प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल पक्षले एमाले क्याप्चर गरेर ओलीलाई बाहिर हटाउने स्थिति बन्ने बताएका छन्। संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए। तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा।

रुपन्देहीमा आज भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दाहालले त्यसो हुन नसके बिद्रोह गरेर भए पनि आफूहरू सँगै भएर कम्युनिष्टको ठूलो शक्ति निर्माण हुने बताएका हुन्।

‘फेरि एकतातिर नै लैजानुपर्छ भन्ने माधव नेपाल, झलनाथ खनालहरूसँग छलफल भएको छ,’ उनले भने, ‘सबैसँग छलफल गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ।’ उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे। ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ।’

माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए। उनले आफ्ना कार्यकर्ताहरूलाई माधव नेपाल पक्षीय कार्यकर्ताहरूसँग सम्बन्ध राम्रो बनाइरहन निर्देशनसमेत दिए। ‘पूर्वएमाले साथीहरू फेरि एमालेमा जाँदैनौं भन्ने लाग्छ भने हेडक्वार्टरमा सम्पर्क गरेर मात्रै निर्णय गर्नुस्,’ उनले भने, ‘केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्।’

एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवादीबाट मन्त्री बनेकाहरूलाई अध्यक्ष दाहालले आफ्नो पार्टीमा नफर्कन भनेका छन्।‘फर्कन पर्दैन उतै बसे हुन्छ’ ‘बदमासी गरेकालाई गृहमन्त्री बनाइयो, अरू पनि बिग्रेका कुच्चेकालाई फकाउँदाफकाउँदा हैरान भइयो,’ उनले भने, ‘त्यस्ता मान्छेलाई अब फकाउन छोड्या छु, ती फर्किन पर्दैन उतै बसे हुन्छ।’

तर, अब आफ्नै खुट्टामा उभिनुपर्ने दाहालको भनाइ छ। ‘दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत हामीसँग छ,’ उनले भने, ‘काठमाडौंमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, आफ्नै ऊर्जा पनि खतम भयो। अब जिल्लातिर धेरै समय बिताउने छु।’

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…