राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् ।

मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।’

पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए।

प्रचण्डको चिन्ता : माधवजीहरुलाई कसरी उद्धार गर्ने ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का नेता माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्नेमा आफूलाई चिन्ता लागेको बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतको पछिल्लो फैसलाले माधव नेपाललगायतलाई एमालेमा नै फर्काइदिएपछि एमालेभित्र विद्रोह हुने जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष माओवादी केन्द्रमा नै जाने र आफू कांग्रेसँग एकलौटी ढंगले अघि बढ्ने सोचेको उनले बताए । तर, सर्वोच्चको फैसलापछि नेता नेपाल एमालेमा रहँदा ओलीलाई सहज नहुने उनको भनाइ छ । “मलाई टेन्सन भनेको बिचरा ! माधवजीहरुलाई कसरी रेस्क्यु गर्ने होला भन्ने टेन्सन छ । आफ्नै टेन्सन त छैन,” उनले भने ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…