प्रदेश २ का प्रमुख झा कक्षा १ मा पढाउन

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्।

प्रदेश २ को शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यले जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाएका हुन्।

शुक्रबार दिउँसो १ बजे विद्यालय पुगेका प्रदेश प्रमुखले आधा घण्टा बालबालिकाहरूलाई कक्षामै पुगेर पढाएका थिए।

जनकपुरधामको धरोहरको रूपमा रहेको सो विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरूको समस्या बुझ्नका लागि उनी विद्यालय पुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार कक्षा १ कै विद्यार्थीहरूलाई पढाउनका लागि अन्य विद्यालयहरुमा समेत पुग्ने प्रदेश प्रमुखको लक्ष्य रहेको जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको बताए।

‘कक्षा १ बाटै सबैको अध्ययन सुरू हुने भएकोले प्रदेश प्रमुखज्यूले कक्षा १ मै पढाउने इच्छा व्यक्त गर्नुभयो,’ उनले भने।

प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जीर्ण भवन, शिक्षामा देखिएको बेथिति सुधार्न ल्याउनुपर्ने योजना लगायतको विषयमा शिक्षकहरूसँग कुराकानी गरेका थिए।

वि.सं. २००४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा अहिले ८ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…