चलचित्र ‘प्रसाद २’ : कलाकारको पारिश्रमिकमा मात्र ९० लाख रकम खर्च

केही बर्ष अगाडि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो । कारण, सो समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो ।

तर, ४–५ बर्षको अन्तरमा नै माहोल पुरा रुपमा बदलिएको छ । आज बजारमा चलेका कलाकारलाई लिउर चलचित्र बनाउन सहज छैन । किनकी, निर्माताको मेकिङमा भन्दा कलाकारको पारिश्रमिकमा नै बजेट चर्को पर्न थालेको छ ।

निर्माता सुवास थापा चलचित्र ‘प्रसाद २’ बनाउँदैछन् । यो चलचित्रका लागि उनको कलाकारको पारिश्रमिकमा मात्र ९० लाख रकम खर्च भएको छ । सुवासका अनुसार, अब चलचित्रको बजेट साढे २ करोड हारहारीमा पुग्ने देखिएको छ ।

यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । यी तिन जना कलाकारको लागि नै सुवासले ५० लाख भन्दा बढी खर्च गरेका छन् ।

हालै मात्र एक चलचित्रमा २ दिनको अतिथी भूमिका निर्वाह गरेकी एक नायिकाले २ लाख पारिश्रमिक मागेको चर्चा भयो । कारण, उनले म्यूजिक भिडियोमा आफूले दैनिक १ लाख लिएर काम गर्ने गरेको बताउँदे २ लाख पारिश्रमिक मागेकी रहिछन् । निर्माताले उनलाई दिनको ८० हजार रुपैयाँ तिरेर २ दिन काम गराए ।

चलचित्रका लागि प्रि–पोडक्शन र मेकिङमा महंगो खर्च गर्नुपर्ने हुन्छ । तर, नेपालमा कलाकारको पारिश्रमिकमै करोड खर्च हुन थालेपछि लगानी गर्ने वातावरण हराउँदै गएको निर्माताहरु बताउँछन् ।

एक त चलचित्रका लागि कलाकार नै पाउन गाह्रो, अर्कोतिर कलाकार छनोट भैसकेपछि पारिश्रमिक निकै महंगो । निर्माताका लागि चलचित्र मेकिङ फलामको चिउरा चपाए जस्तै भएको छ ।

लकडाउनपछि निर्माण हुन लागेका धेरै चलचित्रका मेकरले नयाँ कलाकार खोज्नुको एउटा कारण यो पनि हो । म्यूजिक भिडियोमा काम गर्न थालेपछि चलचित्रका कलाकार महंगो पारिश्रमिक डिमाण्ड गर्ने सोचमा पुगेको गुनासो निर्माताहरुको छ ।

चलचित्र ‘नाई नभन्नु ल ६’का लागि एक जना नायिकालाई अफर गयो । तर, उनको कुरा सुनेपछि निर्देशक विकासराज आचार्य नयाँ अनुहार नै खोज्ने मुडमा पुगेको वुझिएको छ । म्यूजिक भिडियोमा पनि चल्दै गरेकी नायिकाले हिट सिरिजका लागि थुप्रै प्रश्न सोझाएपछि विकास अचम्ममा परेका हुन् ।

चलचित्र निर्माण सहज छैन । दिपकराज गिरी र उनको टिम बाहेक अरु कलाकारहरु नाफाको शेयरमा काम गर्दैनन् । यसैले, पनि चलचित्र घाटामा गएपनि निर्माताले नै टाउको समात्नुपर्ने अवस्था छ ।

दुखद कुरा त के छ भने, नेपालका अधिकांश कलाकारमा हलसम्म दर्शक तान्ने स्टारडम छैन । केही अनुहारलाई छाड्ने हो भने, अधिकांश कलाकार हलमा बिक्दैनन् । तर, म्यूजिक भिडियोमा आउने भ्यूज र चर्चाको आधारमा नै उनीहरु चलचित्रको पारिश्रमिक तय गर्छन् र बार्गेनिङ गर्न थालेका छन् ।

चलचित्र ‘सेल्फी किङ’मा एउटा संवाद छ, ‘स्टारडम भनेको मुतको न्यानो मात्र हो ।’ कलाकारले यो कुरा नवुझ्ने हो भने अहिले त निर्मातालाई चलचित्र बनाउन समस्या पर्न सक्छ, तर यसले कलाकारलाई नै दिर्घकालिन रुपमा असर पुर्याउँछ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…