एमालेमा जिम्मेवारी हेरफेर : ‘भीम रावल आउट, लेखराज भट्टराई इन’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

बाग्मती प्रदेशको ईन्चार्जमा बादल

नेकपा (एमाले) को आज बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यहरुको एकलौटी बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज मनोनति गरेको छ ।

बैठकमा सहभागी एक नेताकाअनुसार आजको बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

माधवजीहरुलाई एमालेबाट ‘रेस्क्यु’ गर्ने अवस्था आउँछ : प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेर साविकको एमालेतिर लागेका माधवकुमार नेपालसहितलाई ‘रेस्क्यु’को बाध्यता आइ पर्ने बताएका छन्।

शुक्रबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। ‘सर्वोच्चको फैसलापछि एमालेतिर फर्किएका माधव नेपालजीहरुलाई फेरि उद्धार गर्नुपर्ने अवस्था आउँदैछ’, उनले भने, ‘माधवजी फर्केर गएपछि त्यहाँ ठूलो झमेला सुरु हुँदैछ। केपी ओलीले १५०१ लाई कायमै राखे भने त्यहाँ ठूलै विद्रोह हुन्छ।’

उनले अहिले आफ्नो पार्टीलाई जस्तो सजिलो अरु कसैलाई नभएको बताए। ‘अहिले सजिलोमा छ भने त्यो माओवादी केन्द्र हो। हामीभित्र विदेशी शक्ति छैनन्, भए पनि एकदुई होलान्’, उनले भने, ‘तनाव अरुलाई होला हामीलाई छैन। माधवजीहरुलाई कसरी ‘रेस्क्यु’ गर्ने? हाम्रो चिन्ता त्यही हो।’

उनले एमालेमा फर्केका माधव नेपालहरुले सकेसम्म पार्टी कब्जा गर्ने बताए। ‘एमालेमा या त माधवजीहरुले पार्टी कब्जा गरेर केपीलाई साइड लगाउँछन् या त त्यहाँ ठूलै विद्रोह हुनेवाला छ’, उनले भने, ‘त्यो अवस्था देखिँदैछ। धेरै पर छ जस्तो मलाई लागेको छैन।’

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…