गिरिजाप्रसाद कोइरालालाई यादगर्दै प्रचण्डले भने– उहाँ त हुनुहुन्न, मलाई निशाना बनाइएको छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२÷०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रस्ट पारे ।

‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’

अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको प्रचण्डले प्रस्ट पारे । दलित, जनजातिका लागि जति अधिकार छ, तिनलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने कुरा पनि अहिले मुख्य रुपमा उठ्न थालेको उनको भनाइ छ ।

ती अधिकारको रक्षाका लागि जरुरी परेमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ भन्ने अपिल गर्दै उनले झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफूहरुले रक्षा गर्ने बताए ।

‘फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस्,’ उनले भने, ‘लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ, रंगिन क्रान्ति ।’

यस्तो क्रान्ति सबै तह र तप्काका नागरिक सडकमा निस्किएर शान्तिपूर्ण रुपमै सफल पार्न सकिने उनले बताए ।

उनले भने, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठुलो षड्यन्त्र भएको छ । सो साँचो कुरा हो ।’ण्

गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक मन नपराउने नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यो परिवर्तनलाई उल्टाइछाड्ने कसरत भइरहेको उनले बताए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…