एमालेमा ओलीको निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज

२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले बादललाई बनाए बागमती प्रदेश इन्चार्ज

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रचण्डले बादललाई भने- भो फर्किनु पर्दैन, उतै बसे हुन्छ !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’ लाई एमालेमै बस्न सुझाव दिएका छन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । केही साथीले बादललगायत नेतालाई फकाउन सुझाव दिएको तर आफूलाई फकाउन मन नलागेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ’, प्रचण्डले भने, ‘ति यहाँ आए भाडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।’

प्रचण्डले बदमासी गरेकालाई फकाउँदा गल्ती हुने बताए । सर्वोच्च अदालतले प्रचण्ड र केपी ओली नेतृत्वको नेकपालाई खारेज गरेपछि ओली समूहमा गएका नेताप्रति लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् । प्रचण्ड समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता एमालेमा फर्किए पनि माओवादीका नेताले ओलीको साथ नछोडेका हुन् ।

प्रचण्डले पहिचान, अस्तित्व र इतिहास बिर्सिएर जानु जस्तो धिक्कार केही नभएको बताए । उनले विचार र आस्थामा रहँदामात्र क्रान्तिकारी हुनुको गर्वबोध हुने प्रष्ट पारे ।

‘केही केही गए तिनिहरु अस्तित्वहीन भएर गए । पहिचान, आफ्नो धर्ती, आफ्नो आधार, इतिहास र विरासत छोडेर भाग्नु भन्दा धिक्कार जीवनमा अरु केही हुनै सक्दैन’, प्रचण्डले भने, ‘मान्छे बाँच्छ आस्थाको निम्ति, विचारको निम्ति, मर्छ आस्थाको निम्ति विचारको निम्ति । त्यसैमा मानव र क्रान्तिकारी हुनुको गर्वबोध हुने हो ।’

‘माधवजीहरुले छिट्टै एमाले कब्जा गर्नुहुन्छ’

प्रचण्डले माधव नेपाल समूहले छिट्टै एमाले कब्जा गर्ने बताए । उनले त्यसपछि ओलीलाई बाहिर हटाएर विद्रोह गर्ने बताए । उनले त्यसपछि फेरि माधव नेपाल र झलानाथ खनालसँग मिलेर कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्ने विश्वास व्यक्त गरेका छन् ।

‘माधवजी र झलनाथ दुई नेतासँग देशभर गएर कुरा राखेका छौँ । यसले हाम्रो संगठन विस्तार भएको छ । यो कुराले या त माधवजीहरुले छिट्टै एमाले ‘क्याप्चर’ गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ । होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भने, ‘उहाँहरु र हामी मिलेर फेरि कम्युनिस्ट आन्दोलनको ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु ।’

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…