अब एमाले एक रहने स्थिति नै छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाहरूमा नेता/कार्यकर्ताका गतिविधिले केन्द्रमा नेकपा एमालेका नेता माधव नेपालहरूलाई पिन्च पर्न नहुने बताएका छन्।

पूर्वएमालेसँग सम्बन्धित नेता/कार्यकर्ताले पनि हेडक्वाटरलाई जानकारी गराएर मात्रै पार्टीमा फर्कने वा नफर्कने भन्ने निर्णयमा पुग्नु पर्ने र आफूखुसी निर्णय नगर्न प्रचण्डले आग्रह गरेका छन्।

‘जिल्लाका हाम्रा कुनै पनि गतिविधिहरूले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्,’ उनले भने।

एमाले अब एक रहने स्थिति नरहेको उनले दाबी गरे। ‘एमाले त्यही रूपमा एक रहने स्थिति नै छैन,’ उनले भने।

‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्नेतिर नलाग्नुहोला,’ बुटवलमा शुक्रबार प्रचण्डले भने, ‘अहिले त्यसो गर्न आवश्यक छैन। माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ।’

संसद विघटन र संविधान खारेज गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय संघर्षबाट जितेको उनले बताएका छन्। तर प्रतिक्रियावादी षड्यन्त्र जारी रहेको उनको भनाइ छ।

‘पार्टी पुरानै ठाउँमा पुर्‍याउने काम भयो,’ उनले भने, ‘प्रतिगमनकारी षड्यन्त्र अझै पनि जारी छ। त्यसकारण आराम गर्ने अवस्था छैन। चनाखो बस्नुपर्छ।’

उनले संगठनलाई विस्तार तथा सुदृढ गर्ने अभियान प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने पनि बताए।

‘हामी आफ्नै खुट्टामा नउँभिईकन अरूसँग सहकार्य गर्नेतिर मात्रै लाग्ने हो भने अलि चुके कि जस्तो महशुस हुन्छ। यसबीचमा जनताप्रति जिम्मेवारी कमजोर भएकोले प्रतिक्रियावादीले यति छिटै निस्तेज गर्न सकिन्छ भन्ने सोचेको देखिन्छ,’ उनले भने।

उनले आफैंभित्रको शक्तिलाई आत्मसाथ गर्नुपर्ने बताए। ‘हामी क्रान्तिकारी हिसावले जागेपछि प्रत्येक दिन शक्ति आर्जन गर्न सक्छौं,’ उनले भने।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…