दिनेश भट्टले दिए प्रहरीसामु यस्तो डरलाग्दो बयान : भागरथीले ‘मलाई न’मार’ भनेकी हो

काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार–ह’त्या घ’टनाको अनुसन्धान सकेर प्रहरीले बुझाएको प्रतिवेदनपछि मु’द्दा दर्ता भएर अभियुक्त पुर्पक्षमा गइसकेका छन्। प्रहरीको अनुसन्धान प्रतिवेदनमा अभियुक्त भनिएका किशोर, दिनेश भट्टले कसरी ह’त्या गरे, पोष्टमार्टम रिपोर्ट, घट’नास्थल मु’चुल्कासम्मका विवरण र ह’त्याको कारण समेत खुलाएर सरकारी वकिल कार्यालयमा पेश भएको थियो।

प्रहरी अनुसन्धान प्रतिवेदनमा दिनेशले भागरथीको हत्याको कारण पनि खुलाएका छन्। आखिर के थियो यति वि’भत्स ह’त्याको कारण ? भागरथीले दिनेशलाई ‘काले’ भनेर जिस्काउने गरेको र त्यही रिसमा योजना बनाएर ब’ला’त्का’रपछि ह’त्या गरेको देखिएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

‘भागरथीले स्कूल ग्राउन्डमै ‘काले’ भनेर जिस्काएको र त्यसपछि साथीहरूले हाँसेर दिनेशलाई जिस्काएको, सोही कुरा मनमा साँधेर योजना बनाई ब’ला’त्कारपछि ह’त्या गरिएको’ प्रहरी प्रतिवेदनमा दाबी गरिएको छ।

हाडनाता क’रणीमा समेत सजाय माग

दिदी नाता पर्ने भारगथीलाई ब’ला’त्कारपछि ह’त्या गरेको पाइएपछि दिने’शविरु’द्ध हाडनाता करणीमा समेत सजाय माग गरिएको छ। मुलुकी फौजदारी संहिता २०७४ को दफा २२० मा हाड’नातामा क’रणी गर्न नहुने उल्लेख छ। ‘कसैले आफ्नो जात वा कुलमा चली आएको चलन परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने र नाताका व्यक्तिको हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग क’रणी गर्नु नहुने’ संहितामा उल्लेख छ। हा’डनातामा क’रणी गरेमा १ वर्षदेखि ३ वर्षसम्म कै’द र १० हजारदेखि ३० हजारसम्म जरि’वाना हुने कानूनी व्यवस्था छ।

दिदी नाता पर्ने भारगथीलाई ब’ला’त्कारपछि ह’त्या गरेको पाइएपछि दिनेशविरु’द्ध हा’डनाता करणीमा समेत सजाय माग गरिएको छ।

योसँगै संहिताको दफा २१९ अनुसार ब’ला’त्कारको कसुर, कर्तव्य ज्या’नको कसुर समेतको सजाय दिनेशवि’रुद्ध माग दाबी गरिएको छ।

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका बालबालिकाले कुनै अ’पराध गरेमा उमेर पुगेका व्यक्तिलाई हुने स’जायको आधा सजाय हुने व्यवस्था छ। अभि’युक्त दिनेशका उमेर पनि १५ वर्ष ११ महिना भएकाले यो ऐन पनि आकर्षित हुने देखिन्छ।

अभियुक्तको बयान- ‘न’मार भन्दै थिइन्, दुवै हातले घाँ’टी थि’चेर ह’त्या गरेँ’

अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार दिनेशले प्रहरीसमक्ष दिएको बयान यस्तो छः

फागुन २१ गते बिहान अन्दाजी साढे ८ बजेको समयमा म घरबाट विद्यालय गएको हुँ। विद्यालयबाट १३ः४५ बजेको समयमा घरतर्फ आएको हुँ। विद्यालय समय १५ः१५ बजेसम्म हो। सो दिन व्यावसायिक अध्ययन र सामाजिक अध्ययनको विषयको पढाई छोडेर आएको हुँ। विद्यालयवाट फर्किदा मसँगै अध्ययनरत तर्कराज भट्ट, भानदेव भट्ट, लिलाधर भट्ट पनि खोचलेक बजारसम्म आएका हौं। त्यसपछि तिनीहरु कपाल काट्न गए। पछि म घरतर्फ आएँ।

खोचलेक बजारबाट भिरकट्या हुँदै सिल्लमा पुगेँ। भागरथीसँग सिल्लमा भेट भयो। सिल्लदेखि म केही नबोली अगाडि गएपछि घ’ट’नास्थलस्थित सडकमा पुगी उक्त स्थानमा बसेको हुँ।

अन्दाजी २ः२० बजेदेखि ३ बजेभित्र भागरथी पनि उक्त स्थानमा पुगिन्। मैले उनलाई धके’ल्दा सडकको कि’नारबाट तल ल’डेकी हुन्। मैले पहिलो चोटी ध’केल्दा सडकभन्दा केही तल ल’डिन्। उनको खुट्टाबाट एउटा सेन्डिल फुत्कियो। ल’डे’पछि उठेर अलिकति तल गइन्। उनी ल’ड्दा म पनि उनको पछि पछि गएँ।

तल जान खोज्दा उनको अर्को सेन्डिल पनि खस्यो। म पनि उनको पछि-पछि गएँ। भागरथी उभिएकै अवस्थामा घाँ’टी द’बाएपछि बे’होस भए जस्तो भई भुईमा ल’डिन्। पछि मैले उनको श’रीरको तल्लो भा’गमा लगाएका लुगाहरु घुँ’डा’सम्म खोलेँ। एक पटक क’र’णी गरेँ। मलाई न’मार भनेकी हो। क’र’णी गरिसकेपछि मैले दुवै हातले घाँ’टी च्यापी मा’रेको हुँ।

मा’रिस’केपछि माथि सड’कमा आएँ। सडकसम्म आउने क्रममा उनको मोबाइल खसेको र मोबाइलमा गीत बजिरहेको अवस्थामा फेला पारेँ। उक्त मोबाइलको ब्याट्री निकाली श’वभ’न्दा केही पर फालेको हुँ।

उनको घडी पनि रहेको देखेपछि उक्त घडी तल झाडीमा फा’लेको हुँ। त्यसपछि म घरतर्फ गएको हुँ। घरतर्फ जाने क्रममा बाटोमा घटनास्थलभन्दा माथिल्लो मोड (घुम्ती)मा पासिमबाटा बस्ने मानमति भट्ट, उनकै नाति दीपकराज भट्ट र नातिनी लक्ष्मी भट्टसँग भेट भयो।

मैले कहाँ जान लाग्नु भयो भनी सोधेँ। उनले ज्वरो आएर औषधि ल्याउन खोचलेक जान लागेको भनी बताएकी हुन्। त्यसपछि घर जाने क्रममा पासिमबाटा भन्ने स्थानमा चडेपानीबाट खोचलेकतर्फ एउटा ट्याक्टर आउँदै थियो। सो ट्याक्टरको अघिल्लो सिटमा मैले चिनेका नवराज भट्ट थिए, उनीसँग केही बोलचाल भएन। अन्य कसैलाई देखेन। पछि म सरासर लमकट्यस्थित मेरो घर गएको हुँ।

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…