अब घर-जग्गा खरिद बिक्री गर्न बिचौलिया हार गुहार गर्नु नपर्ने

काठमाडौं । घर जग्गा खरिद वा बिक्रि गर्दै हुनुहुन्छ भने अब तपाईले बिचौलियालाई हार गुहार गर्नु नपर्ने भएको छ ।

भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा खरिद बिक्रिमा सहज गर्ने उद्देश्यले ल्याण्ड मार्केट अवधारणा अघि सारेको छ ।

घर जग्गा खरिद विक्रिमा विभिन्न ठगी झमेला लगायतका प्रवृत्ति बढ्दै गएको भन्दै मन्त्रालयले सो अवधारण अघि सारेको जनाएको छ ।

घर जग्गाको कारोवारमा व्यापक रुपमा दलालको बिगबिगी छ एउटा ग्राहकले जग्गा प्राप्त गर्न धनीबाट तीन चार तह पार गर्नुपर्छ, यसले गर्दा जग्गा कारोवारमा अत्यधिक मुल्य बृद्धि भएको गुनासो बढेको छ ।

यसको न्युनिकरणमा ल्याड मार्केटले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

ल्याण्ड मार्केट जग्गा किन्ने र बेच्नेबीच प्रत्यक्ष सम्पर्क हुन्छ र शुरु देखि अन्त्य सम्मका काम गरिन्छ ।

कारोबार कसरी हुन्छ त ल्याण्ड मार्केटमा भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टोलराज उपाध्याय ।

अहिले यसमा अनुगमनकारी निकायको भुमिका पनि प्रभावकारी नहुदा जसले जहाँ जति सक्यो त्यति नै ठग्ने प्रवृत्ति मौलाउदो छ ।

अर्कोतर्फ वास्तविक कारोवार पनि बाहिर आउन सकेको छैन ।

अब ल्याण्ड मार्केट मार्फत कारोवार भए सबै पारदर्शी रुपमा आउने मन्त्रालयको बुझाई छ ।

अहिले मन्त्रालय निर्देशिका बनाउन व्यस्त छ । कार्यान्वयनमा आउन केही समय लाग्ने भएतापनि जग्गा खरिद बिक्रिमा हुने गरेका दादागिरी भने अन्त्य हुने आशा ल्याण्ड मार्केटले दिलाएको छ ।

यसले एकातिर जग्गाको वास्तविक मुल्याङ्गकन हुने र जग्गा प्रशासनका भित्रका झमेला अन्त्य हुने विश्वास गरिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…