चाइनिज व्यापारीले डोनाल्ड ट्रम्पको मूर्ति बनाएर यस्तो गर्न थालेपछि

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा चीनसँग निकै खराब सम्बन्ध रह्यो । अमेरिका र चीनबीच व्यापार यु’द्धको बिजारोपण गर्नेदेखि कोभिड १९ लाई ‘चिनियाँ भाइरस’ र ‘किङ फ्लु’ को उपनाम दिएर उनले चीनलाई खुब चिढ्याइरहे ।

चीन पनि के कम, ट्रम्पप्रतिको द्वेषपूर्व भावलाई उसले बढो सृजनात्मक तरिकाले व्यक्त गरी ट्रम्पलाई नमिठो प्रहार गरिरह्यो । चीनले ट्रम्पको मुर्ख शैलीलाई सधै रमाइलोको रुपमा उडाइरह्यो ।

ट्रम्प अमेरिकी प्रशासनबाट त बाहिरिए । तर उनको असरको ह्याङओभर भने अझै पनि चिनियाँ इन्टरनेटमा मडारिरहेको प्रस्ट देख्न सकिन्छ ।

सत्ताबाट बहिर्गमन भएको महिनौं बितिसक्दा चीनको ठूलो ईकमर्श प्लेटफर्म कम्पनी टाओबाओले ट्रम्पको एउटा फरक स्वरुपमा मूर्ति बनाएर बिक्री गरिरहेको छ ।

सन्की र मुर्ख स्वभावका राष्ट्रपति मानिने ट्रम्पलाई टा‌ओबाओले बुद्धको भेषमा ध्यानको अवस्थामा बसेको मूर्ति बनाएर प्लेटफर्म मार्फत बिक्री वितरण गरिरहेको छ ।

उसले ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ कै नक्कल गर्दै त्यसलाई व्यङ्गात्मक शैलीमा ‘मेक योर कम्पनी ग्रेट अगेन’ नारा लिएर बेचिरहेको छ । अहिले यो मूर्ति धेरै पसलहरुमा ९९९ देखि ३,९९९ यूआन (१८ हजारदेखि ३१ हजार रूपैयाँ) मूल्यमा बिक्री भइरहेको छ । मूर्तिकाे आकारअनुसार यसको मूल्य फरक फरक राखिएको छ ।

टाओबाओले ट्रम्पलाई प्रयोग गरेर व्यवसायिक फाइदा उठाएको यो पहिलो पटक होइन । उसले यसअघि पनि ट्रम्पको अनुहार प्रिन्ट भएको ट्वाइलेट पेपर रोल्स बिक्री गरिसकेको छ । त्यसबाहेक ट्रम्पको पहिचान अर्थात् उनको छिरलिएको सुन्तला रङ्गको कपालजस्तै देखिने ट्वाइलेट ब्रस र ट्रम्पको कार्टुन प्रिन्टेड टिसर्ट पनि उत्पादन गरेर बिक्री गरिसकेको छ ।

पछिल्लो समय निर्माण गरेको उक्त मूर्तिलाई भने ‘डोङ बुद्ध अफ दी वेस्ट’ र चीनमा ट्रम्पलाई दिइने उपनाम ‘जियानग्यो’ दिएर बिक्री गरिरहेको छ । डोङको अर्थ बुद्धजस्तै सर्वज्ञाता भन्ने हो ।

चीनले ट्रम्पलाई यसकारणले ‘डोङ किङ’ भनेर जिस्काउने गर्दछ, किनभने उनी सबै क्षेत्रमा आफ्नो विज्ञता भएको दाबी त गर्दछन् तर तर विज्ञताको सट्टा उनी मूर्खता मात्र प्रद्धर्शन गर्न सक्छन् ।

टा‌ओबाओमा अलिबाबाको स्वामित्व रहेको छ ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…