राजेश हमालको कार्यक्रम वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा छनोट

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को उत्कृष्ट ३०मा पर्न सफल भएको छ। समता फाउण्डेशनले निर्माण गरेको ‘जातको प्रश्न’ ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ः एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका १ सय१४ देशका ४ सय२५ कार्यक्रमबाट जातको प्रश्न उत्कृष्ट ३० मा छनोट भएको हो।

कोरोना माहामारीको समयमा विधीको शासनको सुरक्षा र सम्बद्धन गर्ने असल अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवर्धन गर्नका लागि वर्ल्ड जस्टिस प्रोजेक्टले वार्षिक रूपमा यो विश्वव्यापी प्रतिस्पर्धा आयोजना गर्छ।

कोभिड १९ को महामारीबीचमा समता फाउण्डेसनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो। अभिनेता राजेश हमालले सञ्चालन गरेको ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो।

जातको प्रश्नमा समाजमा जरा गाडेर बसेको एउटा विभेदलाई प्रष्ट रुपमा देखाइएको छ। जातकै कारण मारिएकाहरुको पिडालाई समेटिएको छ। जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो। यसमा घटनाका पात्रहरु संग प्रत्यक्ष संवाद गरेर प्रसारण गरिन्छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…