विद्या भण्डारीको रिक्त ठाउँमा बादललाई राख्ने ओलीको तयारी

काठमाडौँ।  प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापालाई एमाले उपाध्यक्षमा मनोनित गर्ने भएका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले थापालाई विद्या भण्डारी राष्ट्रपति भएपछि रिक्त उपाध्यक्ष पदमा मनोनित गर्न लागेका हुन् । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भण्डारीलाई एमाले–माओवादी गठबन्धनले राष्ट्रपति निर्वाचित गरेको थियो । भण्डारीसँगै वामदेव गौतम, युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य र भीम रावल एमाले उपाध्यक्ष निर्वाचित भएका थिए ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै एमाले–माओवादी एकता भएकाले रिक्त पदमा नियुक्त गरिएको थिएन । श्रोतका अनुसार नेकपाको अन्तरसंघर्षमा प्रचण्डसँग सहकार्य गरेको माधव नेपाल समूहले एमालेमै रहने निर्णय गरेपछि पूर्वमाओवादी नेता बादल प्रधानमन्त्री ओलीसँग के गर्ने भन्नेबारे सल्लाह गर्न मंगलबार प्रधानमन्त्री निवास गएका थिए । त्यस क्रममा ओलीले राजनीतिक भविष्यको सुरक्षा गर्ने भन्दै माओवादीमा नफर्कन आग्रह गरेका थिए ।

‘तपाईंले मलाई दुःखमा साथ दिनुभएको छ, तपाईं माओवादीमा नफर्कनुस्’, ओलीले बादललाई भनेका थिए, ‘म तपाईंको राजनीतिक भविष्यको सुरक्षाका लागि जे गर्न पनि तयार छु ।’ त्यस क्रममा ओलीले बादललाई विद्याको ठाउँमा उपाध्यक्ष बनाउने बचन दिएका हुन् । ओलीको बचनपछि बादल एमालेमै रहने करिब निश्चित भएको उनीनिकट एक नेताले बताए ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…