जानी बुझी केपी प्रवृत्तिमाथि प्रहार प्र’हार गरेकाे हुँ

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानी बुझी केपी प्रवृत्तिमाथि प्र’हार गरेको बताउनुभएको छ ।

बिहीवार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान र मर्न पनि तयार रहेर प्रवृत्तिमाथि प्र’हार गरेको बताउनुभएको हो ।

केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेजस्ताे अनुभूति भएको उहाँको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला गरिराखेको भन्दै उहाँले सजग भएर त्यसविरु’द्ध ल’ड्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो-‘अहिले देशको परिस्थिति अलिकति जटिल छ । चुनौतीपूर्ण छ । केपी प्रवृत्तिकाविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको जस्ताे अनुभुति भएको छ।’

साथै उहाँले अरूसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै आउँदो दिनमा पुराना साथीहरुसँग एकताबद्ध गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहिँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने तयारीमा छाैं । क्रान्तिकारी विचार र साथीहरुमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले मैले नयाँ जनयुद्ध सुरु गरेको हुँ ।’

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुई/चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।

उहाँले उमेरको कारणले आफूपछि नहट्ने पनि बताउनुभयो । अझै पनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफूले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-‘जनयुद्ध सुरु गर्ने बेलामा म ४२/४३ वर्षको थिएँ । अब अहिले ६६/६७ वर्षको भएँ । कतिपयले अब उमेर भएकाले त छोडिदिनुपर्छ भन्छन् । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडि जानेछु ।’

अध्यक्ष प्रचण्डले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित ठाउँ दिएर राखिने बताउनुभयो । आउँदाे केन्द्रीय समितिको बैठकले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।

 

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…