१८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वकै पहिलो १८ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक भएको छ । रेडम्याेजिक सिक्स प्रोको नाममा १८ जीबी र्‍याम भएको पहिलो स्मार्टफोनको रेकर्ड बनेको हो ।

रेडम्याजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसँगको साझेदारीमा तयार पारिएको छ । यो गेमिङ स्मार्टफोन हो ।

जसमा १६५ हर्ज रिफ्रेश रेट भएको डिस्प्ले दिइएको छ । यतिधेरै रिफ्रेश रेट भएको स्मार्टफोनमा समेत यो नै विश्वको पहिलो फोन हो ।

रेडम्याजिक सिक्स सिरिजको रुपमा कम्पनीले दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । जसमा रेड म्याजिक सिक्स र रेडम्याजिक सिक्स प्रो रहेका छन् ।

यी दुवै गेमिङ स्मार्टफोनमा एमोलेड डिस्प्ले दिइएको छ । दुवैमा १६५ हर्जको रिफ्रेश रेट रहेको छ ।

साथै यी फोनमा टच कोरियाग्राफर प्रविधि राखिएको छ । यस बाहेक इन्टेलिजेन्ट एडप्टिभ प्रविधि समेत छ ।

जसले तपाईंको आवश्यकताको आधारमा डिस्प्लेको रिफ्रेश रेट एडजस्ट गर्दछ । फोनको रेस्पोन्स रेट ८ एमएस रहेको छ ।

जसले गेमर्सलाई फास्ट गेम खेल्नमा सहयोगी निकै सहयोग गर्दछ । यी फोनमा सीपीएचवाई-डीएसआई प्रविधि समेत राखिएको छ ।

जसले उच्च गुणस्तरिय तस्वीरको सम्प्रेषण दरलाई दुई गुणाले बढाइदिन्छ । रेडम्याजिक सिक्स सिरिजका यी दुवै फोनमा नयाँ आईसीई ६.० मल्टी डाइमेन्सनल कुलिङ सिस्टम छ ।

जसमा इनब्युल्ट टर्बो फ्यान समेत छ । फ्यान २०,००० आरपीएमको राखिएको कम्पनीको दाबी छ । रेडम्याजिक सिक्सको मूल्य ४,३९९ युआान अर्थात करिब ६८ हजार २६८ रुपैयाँबाट सुरु हुन्छ ।

साथै रेडम्याजिक सिक्स प्रोको मूल्य ४,३९९ युआन अर्थात ७९ हजार ५० माथि रहेको छ । यी दुवै स्मार्टफोनको बिक्री चीनमा यही मार्च ११ देखि सुरु हुनेछ ।

तर यी फोन विश्वव्यापीरुपमा सार्वजनिक हुने विषयमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । दुवै स्मार्टफोनमा ६.८ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।

जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ । यस्तै दुवै स्मार्टफोनमा स्नापड्रागन ८८८ प्रोसेसर दिइएको छ ।

फोन ८ जीबी/१२जीबी/१६जीबी/१८ जीबी र्‍याम भेरियन्टका साथ बजारमा आएको छ । त्यस्तै यसको स्टोरेजको कुरा गर्ने हो भने १२८ जीबी/२५६ जीबी/ ५१२ जीबी भेरियन्टमा रहेको छ ।

फोनमा एन्ड्रोइडमा आधारित रेडम्याजिक ओएस ४.० रहेको छ । इनडिस्प्ले फिंगरप्रिन्ट राखिएका दुवै फोनमा तीन वटा माइकसँगै स्टेरियो स्पिकर समेत पाउन सकिनेछ ।

क्यामेराको कुरा गर्ने हो भने दुवै फोनमा पछाडि भागमा तीन वटा क्यामेरा दिइएका छन् । जसमा मूख्य क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ ।

साथै दोस्रो ८ मेगापिक्सेलको अल्ट्रा वाइड र तेस्रो २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

रेडम्याजिक सिक्सप्रोमा ४,५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन १२० वाट फास्ट चार्जिङ सपोर्टको साथमा आउँदछ ।

त्यस्तै रेडम्याजिक सिक्समा ५,०५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसमा भने ६६ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । टेक पानाबाट 

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…