पुर्व माओवादीका नेता बादल एमालेको उपाध्यक्ष, लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् ।

सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो ।

यिनीहरु पनि प्रचण्डलाई छोडेर ओलीतिर

साविकको नेकपामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यले माओवादी छोडेर एमालेमा समाहित भएका छन् ।
प्रदेश नम्बर १ का संसदीय दलका उपनेता समेत रहेका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्व सांसद तथा केन्द्रीय सदस्य पासाङ शेर्पा एमालेलाई समर्थन गर्ने भन्दै नेकपा एमालेतिर लागेका हुन् ।

शेर्पाले प्रदेश १ का माओवादी केन्द्रका प्रमुख साबित्रीकुमार काफ्लेलाई भेटेर आफू एमालेमा लाग्ने औपचारिक जानकारी गराएका थिए । माओवादी केन्द्र ब्युँतिए पनि उनी अब त्यस पार्टीमा नफर्किने दुवैले निर्णय समेत गरेका छन् ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…