माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार हुन्छ : नेम्वाङ

२६ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगले व्यवहार हुन्छ ।’

प्रेस सल्लाहकार थापाको टिप्पणीबारे राखिएको जिज्ञासामा नेम्वाङले थपे, ‘त्योचाहिँ प्रेस सल्लाहकारजीलाई गएर सोध्नुस् ।’

संसद विघटन गर्ने ओलीको कदमप्रति विरोध जनाउँदै नेपाल–खनालसहित उनी पक्षीय नेताहरु प्रचण्ड खेमामा रहेर सरकारविरुद्ध आन्दोलन गरेका थिए ।

तर नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् ।

 

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…