माओवादिसँग हुँदा जस्तो आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन् : लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले अब नेकपा एमाले भित्र आन्तरिक किचलो नहुने बताउनुभएको छ । उहाँले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी समेत गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले प्रतिनिधिसभाको कार्यकालभर यही सरकार रहने दाबी गर्दै सो बताउनुभएको हो ।

‘यो सरकार पाँच वर्ष चल्छ। प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन। आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन्’ ‘हिजो नेकपा हुँदा जे(जति किचलो थियो त्यो रुपमा अब रहँदैन। उहाँले भन्नुभयो ।

साथै उहाँले पार्टीको नीतिहरूलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अगाडि बढ्ने समेत बताउनुभयो ।

ओलीतिर लागेका माओवादीका मन्त्री अलमलमा

एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु अलमलमा परेका छन्।

नेकपा नरहेसँगै यसका पूर्वघटक एमाले र माओवादी केन्द्रका नेताहरु त्यतै लागेपछि सरकारमा सहभागी मन्त्रीहरु अन्योलमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन्। माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निचोडमा पुगेको छ।

फागुन २३ गते, आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै तत्कालीन एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि यी दुवै पार्टीले आफ्ना गतिविधि सुरु गरिसकेका छन्। तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षमा रहेका एमालेका नेताहरुले एमालेमै सक्रिय रहने निर्णय गरिसके पनि सरकारमा रहेका र प्रधानमन्त्री ओली नेतृत्वको तत्कालीन नेकपामा पुगेका माओवादी नेताहरु भने अब ओली नेतृत्वको एमालेमै रहने वा माओवादीमा फर्कने भन्नेबारे अनिर्णित छन्।

थापा र तामाङ ओलीतिर, अरु पाँच जना परामर्शमा

ओली सरकारमा रहेका खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङले अब माओवादीमा नफर्किने संकेत देखाइसकेका छन्। उनीहरु दुवै जना संसद सदस्य होइनन्। संघीय संसदको सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी भने यसबारे कुनै निर्णयमा पुगेका छैनन्। उनीहरु मंगलबार दिनभर यसबारे आन्तरिक परामर्शमै थिए।

प्रधानमन्त्री ओली नेतृत्वको एमालेमै रहँदा सांसद पद नरहने भएपछि सांसद पद माया मारेर एमालेमै रहने वा मन्त्री छाडेर माओवादीमा फर्कने भन्नेबारे उनीहरुले छलफल गरिरहेका छन्। मंगलबार दिउँसो गृहमन्त्री थापासहित तत्कालीन माओवादीमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्। उनीहरुले करिब २ घण्टा प्रधानमन्त्रीसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीलाई भेटेर बालुवाटारबाट फर्केपछि उनीहरुले गृह मन्त्रालयमा बसेर छलफल गरे। माओवादीबाट सहभागी मन्त्रीहरु एमाले वा माओवादी कता रहने भन्नेबारे बुधबारसम्म निर्णय भइसक्ने एक नेताले बताए। लामो समय अलमलमा बस्ने अवस्था नभएकाले तत्काल निर्णय गर्नुपर्ने अवस्था आएको ती नेताको भनाइ छ।

‘हामी एमालेमै रहने कि माओवादीमा फर्कने भन्ने विषयमा फाइनल निर्णय गरेका छैनौं। माओवादी पक्षबाट मन्त्री भएका साथीहरुबीचमा छलफल हुँदैछ। जहाँ गए पनि एउटै ठाउँमा रहनुपर्छ भन्ने बुझाइ छ’, श्रममन्त्री गौरीशंकर चौधरीले नेपाल लाइभसँग भने।

खानेपानीमन्त्री मणि थापाले माओवादीमै फर्कने सम्भावना कम देखिएको बताए। पुरानो पार्टी भत्काइसकेपछि फेरि त्यहीँ फर्कनुपर्छ भन्ने अवस्था नरहेको उनले उल्लेख गरे।

ओली नेतृत्वको सरकारमा रहेका माओवादी नेताहरूलाई ‘मुलघरमा’ फर्किन त्यति सझिलो भने नरहेको नेताहरुले बताएका छन्। ‘अप्ठ्यारो पर्दा प्रतिगमनकारी ओलीलाई साथ दिने, सजिलो हुँदामात्र घर रोज्न अब सजिलो छैन’, एक नेताले भने, ‘त्यसकारण यो उहाँहरुले नै सोच्ने कुरा हो।’ मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा यो विषयमा छलफल नै नहुनुले पनि अवस्था सहज नरहेको देखिन्छ।

नेकपामा गृहमन्त्री थापा सचिवालय सदस्य थिए। उनी राष्ट्रिय सभा सदस्य पनि बनेका थिए। रायमाझी, भट्ट, साह र चौधरी प्रतिनिधि सभामा निर्वाचित सदस्य हुन्। रायमाझी र भट्ट स्थायी समिति सदस्य थिए भने साह र चौधरी केन्द्रीय कमिटी सदस्य थिए। मणि थापा र तामाङ दुवै सांसद होइनन्। पार्टीमा भने थापा स्थायी कमिटी सदस्य थिए, तामाङ केन्द्रीय सदस्य थिए।

नेकपा विवाद उत्कर्षमा पुगेपछि पार्टी दुई चिरामा विभाजित हुँदा एकातिर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरे भने अर्कोतर्फ प्रधानमन्त्री ओलीले नेतृत्व गरे। प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपामा ठूलो हिस्सा माओवादी केन्द्र र नेपालसहित झलनाथ खनाल लगायतका एमालेका नेता कार्यकर्ताको थियो। सोमबारदेखि प्रचण्ड–माधव पक्षका नेताहरु एमालेमै लागेका छन्।

मन्त्री पदको आश्वासनले भित्रिएका पाँच नेता

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीसँगै प्रचण्ड-माधव पक्षका सबै मन्त्रीले राजीनामा गरेका थिए। तर, रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने राजीनामा गरेनन्।

प्रचण्डले माओवादी समूहका नेता थापालाई आफ्नो पक्षमा पार्न निकै मिहिनेत गरेपनि सफल भएनन्। थापा ओलीतिर लागेरै छाडे। भट्टलाई फर्काउन भने प्रचण्डले उतिसारो मिहिनेत गरेनन्। प्रचण्डले जति मिहिनेत गरेपनि फर्कन नमानेपछि बादल र भट्ट ओली पक्षमा खुलेर लागेका थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। त्यसलाई पुरा गर्न उनले पुस १० गते १३औं पटक मन्त्रिपरिषद् पुर्नगठन गरे। अनि माओवादीतर्फका टोपबहादुर रायमाझी ऊर्जामन्त्री, प्रभु साह सहरी विकासमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री, दावा तामाङ खेलकुद्‌मन्त्री र मणि थापा खानेपानीमन्त्री बनाइए। मन्त्री बन्ने भएपछि उनीहरु प्रचण्डलाई छाडेर सजिलै ओलीको समूहमा लागे।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…