महन्थ ठाकुरसहित १३ सांसदलाई भारतीय दूतावासको रात्रिभोज, के पाक्दैछ खिचडी ?

काठमाण्डु।  जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुका लागि भारतीय दूतावासले रात्रिभोज दिएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायत १३ सांसद मंगलबार साँझ लैनचौरस्थित दूतावासमा राजदूत विजयमोहन क्वात्राले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका हुन् । नयाँ सत्ता समीकरणका विभिन्न विकल्पबारे चर्चा चलिरहेका बेला जसपा सांसदहरुलाई दूतावासले रात्रिभोज दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ठाकुर प्रधानमन्त्री केपी ओलीसँग सत्तासमीकरण गरेर जाने पक्षमा खुलिसकेका छन् । ओलीले संसद विघटन गर्दा मौन समर्थन गरेका ठाकुर अदालतले संसद पुर्नस्थापना गरेसँगै ओलीसँग सत्ता गठबन्धन गरेर जाने मनस्थितिमा छन् ।

उनले डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई सुइँको नदिई एमालेसँग सत्ता समीकरणबारे छलफल गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको कार्यदल गठन गरेको मंगलबार मात्र खुलासा भएको थियो ।

जसपा कार्यदल र एमाले कार्यदलमा रहेका सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलबीच भित्रभित्रै केही चरणका वार्ता भइसकेको खुलासा कार्यदलकै सदस्य लक्ष्मणलाल कर्णले गरेका छन् । यद्यपि आफूहरुले सत्ता समीकरणका विषयमा नभई सांसद रेशम चौधरीमाथिको मुद्दा फिर्ता र रिहाइका लागि एमाले कार्यदलसँग वार्ता गरेको दाबी गरेका थिए । यद्यपि रेशम चौधरीलाई रिहा गर्न एमालेले किन कार्यदल गठन गर्ने विषय आफैंमा अपत्यारिलो हो । ठाकुर र ओलीबीच जसपा सांसद चन्दा चौधरीलाई रिक्त उपसभामुखको जिम्मेवारी दिनेबारे करिब अन्तिम सहमति जुटिसकेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गरेसँगै ती दुई पार्टी पूर्ववत अवस्थामा फर्किएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा पर्छ ।

त्यस्तोमा ओलीले जसपालाई सरकारमा सहभागी गराएर आफ्नो पद सुरक्षित गर्न खोजेका छन् । संसदमा प्रधानमन्त्रीको पद जोगिन बहुमत अर्थात १ सय ३८ सांसदको समर्थन चाहिन्छ । एमाले एक्लैको १ सय २० सांसद छन् । ओलीलाई अपुग हुने १८ सांसद मात्र हो । राजपाको बाबुराम–उपेन्द्र पक्षबाहेकको समर्थन लिन सके भने पनि ओलीले पद जोगाउन सक्नेछन् ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…