हिजो के भयो बिर्सौं, म बाट गल्ति भयो अब मिलेर अघि बढौँ : माधव नेपाल

प्रचण्ड समूहबाट बिदा हुनुभएका नेता माधवकुमार नेपालले इतिहासलाई बिर्सी मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

सोमबार प्रचण्ड समूहसँगको अन्तिम बैठक पछि नेपालले सबै सम्भावनाको बारेमा छलफल गरेर अघि बढ्न आग्रह गर्नुभयो । ‘हामीले त्यो तितो, पिरो मनमा राखेर पुरानो इतिहासका कुरा कोट्याएर जानु हुँदैन’, नेपालले भन्नुभयो ।

उहाँले सबै सम्भावनाको बारेमा छलफल भएको र सबै सम्भावनाको बारेमा अध्ययन पनि गरिरहेको बताउनुभयो । आफूहरु राष्ट्रिय हित, लोकतन्त्रको सुदृढिकरण र समाजवादको धेय र उद्देश्य अनुरुप समाजको रुपान्तरणलाई अघि बढाएर लैजाने पक्षमा रहेको नेपालले बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलाले एमाले एमाले तिर माओवादी माओवादी तिर भनेको भए पनि यस भित्र पनि विभिन्न पक्षको अध्ययन गरिरहेको उहाँले बताउनुभयो । सबै पक्षको अध्ययन र निर्वाचन आयोगको पत्र हेरेपछि थप प्रष्ट हुने उहाँको भनाइ छ ।

सर्वोच्चको फैसला आए पनि त्यस भित्र समेत जटिलता रहेको नेपालले बताउनुभयो । ‘पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भन्ने सुन्नमा आएको छ, पूर्वमाओवादीको नाममा पनि अर्को दल दर्ता छ भन्ने कुरा सुन्नमा आएको छ, त्यस्तो अवस्थामा सजिलै गरी पछाडि फर्कन सक्ने स्थिति बन्छ कि बन्दैन, यी जम्मै पक्षहरुको बारेमा हामी अध्ययन गर्छौ, आपसमा परामर्श गर्छौ, कानुनी पक्षदेखि लिएर सबै पक्षको बारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ’, नेपालले भन्नुभयो ।

जुनसुकै ठाउँमा बसेपनि वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने, संस्थागत गर्ने, सशक्त बनाउने कार्यमा लाग्ने नेपालले प्रतिवद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रका मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकतान्त्रिक शक्तिहरुलाई पनि साथमा लिएर सहकार्य निरन्तर रुपमा जारी राख्ने उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…